Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

भक्तपुर जिल्ला बचत संघको भवन शिलान्यास, अभियानको दीगोपनामा सहयोग पुग्ने


२०७७ श्रावण ११ गते , आईतवार प्रकाशित


  “दीगो सहकारी विकासका लागि संघ” को परिकल्पनाका साथ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले संघको निर्माणाधिन भवनको मशिलाान्यास गरेको छ । सहकारी अभियानलाई दीगो बनाउनका लागि संघको भवन निर्माणले थप टेवा पुग्ने विश्वास लिईएको छ ।भक्तपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाको छाता संगठनको रुपमा रहेको भक्तपुर बचत तथा ऋण सहकारी संघल आयोजना भएको भवन शिलान्यास कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंलले सहकारी संस्थालाई सदस्य केन्द्रीत सेवामूलक बनाएर उत्पादनमूलक व्यवसायमा लगानी गर्ने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष कडेंलले सहकारी सरकारको प्रतिस्पर्धी होइन परिपुरक भएकोमा जोड दिदै सहकारीका सदस्यहरुको जीवनस्तर उकास्ने, समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समेत सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिए । समुदायमा आधारित सहकारी संकटको बेला पनि सेवामा समर्पित भई दीगो रहने कुरा कोरोना भाइरसको जोखिम र लकडाउनको समयले पनि प्रष्ट पारेको बताउँदै उनले सहकारीलाई पैसा ठग्ने संस्थाको रुपमा नकारात्मक प्रभाव पारिरहेको बेला सदस्य केन्द्रीत भई सहकारीलाई हेर्न दृष्टिकोणमा सकारात्मक बनाउनुपर्नेमा जोड दिए । सहकारी सेवा र सदस्य केन्द्रीत हुनुपर्नेमा दुईमत नभएको जनाउँदै अव्यवहारिक सहकारी ऐनहरुलाई संशोधन गराउन पहल भइरहेको कुरा कडेलले जानकारी दिए। सहकारी अयिभानमा भक्तपुर बचत संघले आफ्नो छुटै पहिचान बनाइरहेको उल्लेख गदै आफ्नो भवनको शिलान्यास गरेर थप एउटा ईटा थप्ने कार्य गरेकोमा उनले प्रसंशा गरे ।

कार्यक्रमका विशेष अतिथी एवं नेफ्स्कुनका पूर्व अध्यक्ष तथा वरिष्ठ सहकारीविद् कैलाशभक्त प्रधानांगले सहकारी अभियानलाई गुणस्तरीय सेवामूलक बनाउन संघको भवन निर्माणपछि थप प्रभावकारी हुने विश्वास ब्यक्त गरे । संघले आफ्नो भवन बनाउन सुरु गरेर भक्तपुर जिल्ला बचत संघ आत्मनिर्भर र सक्षम एवं सवल रहेको प्रष्ट पारेको बताउदै उनले संघ, प्रदेश र स्थानीय तहहरुको सहकारी ऐनहरु सहकारी मैत्री नभएको उल्लेख गरे ।

संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले बजारमा नाफामुलक र समुदायमा आधारित सेवामुलक छुट्ै पहिचानका साथ सहकारी रहेको उल्लेख गर्दै कल्याणकारी कार्य गरेर मात्र सहकारी सफल नहुने बताए । समूह केन्द्रीत भन्दा सदस्य केन्द्रीत गरेर समुदायमा आधारित सहकारीले सेवामूलक व्यवसायीक संस्थाको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड उनले दिए । १६ वटा बचत सहकारीबाट सूरु भएको संघले जिल्लाका १९९ वटा सहकारीलाई समेटेर आफ्नै भवन बनाउन सुरु गरेकोमा सफलताको शुभकामना दिए ।

संघका निवर्तमान अध्यक्ष राध्येश्याम सुवालले आफू अध्यक्ष रहेको बेला सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित इतबुमा संस्थाको नाममा जग्गा किन सकेकाले आज आफ्नै खुट्टामा उभिन सफल भएको बताए। समुदायमा आधारित सहकारी संस्थाहरु कोरोनाको जोखिमका बीच पनि सेवा दिन सफल रहेको बताउँदै संघको भवन निर्माणपश्चात थप प्रभावकारी सेवा दिन सकिने विचार उनले  व्यक्त  गरे ।

शिलान्यास कार्यक्रमका सभापति एवं संघका अध्यक्ष  कृष्ण गोबिन्द लाखाजुले  मुलुकको सहकारी अभियानमा भक्तपुर बचत संघले सहकारी अभियानलाई दीगोपना दिने हिसाबले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको बताए । एक व्यक्ति एक सहकारी नीति व्यवहारीक नभएकोमा संघले जोड दिदै आएको उल्लेख गर्दै भक्तपुरका स्थानीय तहहरुमा रहेका नीतिगत समस्याहरुलाई समाधानको पहल गर्दै आएको  र  सहकारी अभियानमा निरन्तर सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै जाने उनले बताए  । कोरोना भाइरसको जोखिमका बीच अव हुने साधारण सभामा ५१ प्रतिशत सदस्य सहभागि गराउने कार्य जोखिम र चुनौतीपूर्ण नीति रहेकोले सुधार्न आवश्यक भएकोमा जोड उनले जोड दिए । जापान जस्तो देशमा १० प्रतिशत सदस्य सहभागि भए पुग्ने नियम रहे पनि देशमा ५१ प्रतिशत सहभागि अनिवार्य गर्नु व्यवहारिक नभएको उनको तर्क थियो ।

संस्थाको भवन बनाउन गाह्रो रहेको उल्लेख गर्दै नीतिसंगत रुपमा सूनपाबाट डिपिसीसम्मको भवन निर्माण अनुमति लिएर मात्रै संघको भवन निर्माणका लागि शिलान्यास गरेको र  भवन निर्माणमा ११८ भन्दा बढी सदस्य सहकारी संस्थाहरुले प्रति सहकारी रु. ५ हजार भन्दा बढी सहयोग गरेको उल्लेख गर्दै थप सहयोगको लागि पनि उनले आह्वान गरे । संघको भवन निर्माणका लागि २५ हजार देखि बढी सहयोग गर्नेहरुको शिलापत्रमै नाम लेख्ने योजना रहेको बताउदै बचत संघले आफ्नो सहकारी अभियानलाई नेफ्स्कुन र सहकारी महासंघसँग समन्वय गर्दै आएको जनाए ।  शिलान्यास भएको भवन साह्रे तीन तल्लाको बन्ने उल्लेख गर्दै सो भवनका लागि संघले १ करोड बजेट विनियोजन गरेको भए पनि ९३ लाखमा बनाउने लगत इष्टिमेट भएका छ  । १० वटा कोठा हुने सो भवन निर्माण पछि संघको कार्यालय सञ्चालन, सहकारी अभियान, तालिमहरु समेत सहजरुपमा आयोजना गर्न सकिने छ । संघका उपाध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष हरि बल्लले संघको भवन निर्माणको शिलान्यास सहकारी अभियानको सुरुवात भएको बताउँदै आर्थिक वर्ष २०७७।७८ सालभित्र निर्माण कार्य पूरा हुने बताए । संघको वासलात असार मसान्तमा १ अर्व २ करोड भन्दा बढी पुगेको उनले बताए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif