Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

निरंकुशता बिरोधी प्रथम शाहित्यिक शहीदलाई नमन !


२०७७ श्रावण ११ गते , आईतवार प्रकाशित

  नेपालका प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीलाई  पुस्तक लेखे बापत जेल सजाय भएको साउन ११ गते आज १०० वर्ष पूरा भएको छ। राणा कालमा ‘मकैको खेती’ नामक पुस्तक लेखे वापत उनलाई थुनियो । कृष्णलाल अधिकारीको जन्म रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो।  ’मकैको खेती’ नामक ६० पृष्ठको पुस्तक नक्साल भगवती नजिकै पशुपति छापाखानामा १ हजारप्रति छापेका कृष्णलालले उल्लेख गरेका ‘बेलायती कुकुर्’ले तत्कालिन बृटिश  समुदायलाई इंगित गरेको रूपमा हेरियो भने पुस्तकमा- “मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर  राणाहरूले आफूलाई  ठानेर पुस्तकलाई प्रतिबन्ध गरे। स्मरण रहोस, राणा कालमा चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो क्याप (टोपी) लगाउने गर्दथे।

रामेछाप जिल्लालाई  राणा शासन बिरोधी तीन लाल — अमर शही गंगालाल, शोषित पीडित जनताका नेता पुष्पलाल र निरंकुशता बिरोधी प्रथम साहित्यिक शहीद कृष्णलाल जन्मेको ठाउन पनि भन्ने गरिएको कुरा पनि स्मरणीय र अबिस्मरणीय छ । 
    कृष्णलाल अधिकारी त्यस बखत कौशीतोषा खाना अड्डाका सुब्बा थिए ।राणाकालिन समयमा ‘सुब्बा’ निजामति सेवामा उपल्लो दर्जा थियो। छापिएको १००० प्रति मध्ये ९ सय ९९ पुस्तक जलाईयो र १ प्रति पुस्तक हालसम्म फेला परेको छैन। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो ।सजाय भोग्दा भोग्दै कारागारमा नै उनको निधन भएको थियो ।यस्ता महान ,निडर,दलाली तन्त्रको बिरोधी,साहसी साहित्यिक सपूतप्रति हार्दिक नमन !            

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif