Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

रामपुर तानसेन सडकखण्ड पहिरोले अवरुद्ध


२०७७ श्रावण ९ गते , शुक्रवार प्रकाशित

पुर्वी पाल्पा र सदरमुकाम तानसेन जोड्ने रामपुर तानसेन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण रामपुर तानसेन सडक खण्डको गिनिडाँडा, बाँसुखा, चापागैरा लगायतको स्थानमा पहिरो जाँदा सडक पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउन जेसिवि तयारी अवस्थामा भए पनि निरन्तरको वर्षाका साथै पहिरो खसि रहेकाले पहिरो हटाउन समस्या भएको छ ।

बिहान ८ बजे देखि सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमै रोकिएका छन । सानो वर्षा हुँना साथ रामपुर तानसेन सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

यता पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ । राजमार्गका ठाउँठाउँमा गएका पहिरोले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको थियो । अहिले एकतर्फी सञ्चालनमा आएसँगै यात्रु गन्तव्यमा लागेका छन् । 

वर्षा हुन साथ पाल्पाको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड, तानसेन तम्घास सडक खण्डका साथै रामपुर तानसेन सडक पहिरोले अवरुद्ध हुने गरेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif