Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

कोरोनाका महामारीका कारण उद्योग बाणिज्य महासंघको साधारण सभा पुनः स्थगित


२०७७ श्रावण ८ गते , विहीवार प्रकाशित

  काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो ।
      महासंघको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय गरेको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जानकारी दिएका छन् । यसको नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्ने गरी मिति सारिएको मुरारकाले भनेका छन् ।
      ‘आजको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं साधारणसभा सार्ने निर्णय गरेको छ, सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय भएको छ,’ पदाधिकारी बैठकपछि निवर्तमान अध्यक्ष मुरारकाले प्रष्ट पारेका छन् ।
      महासंघले यसअघि चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि सो साधारणसभा सारेर साउन २६ र २७ गते गर्ने निर्णय भएको थियो ।   यो पदाधिकारी बैंकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif