Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

विदेशबाट फर्किए ३२ हजार ७ सय नेपाली


२०७७ श्रावण ५ गते , सोमवार प्रकाशित

विश्वभर कोरोना भाइरस फैलिएसँगै नेपालले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्यो । त्यसका कारण विभिन्न मुलुकबाट नेपाल फर्कन सकेनन् । ती मध्ये ३२ हजार ७२७ नेपाली लकडाउन कै बीच स्वदेश फर्किएका छन् । 

विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका हुन् । 

यीमध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् । 

प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif