Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

शुभप्रभात साकोसद्वारा संरक्षित पूँजी फिर्ता कोष बाँडफाँड


२०७७ असार ३१ गते , बुधवार प्रकाशित

शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले २०७५/७६ को ‘संरक्षित पूँजी फिर्ता कोष’ अन्तर्गत सदस्यहरुलाई रकम बाँडफाँड गरेको छ । 

सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरुप प्रदान गर्नुपर्ने संरक्षित पूँजी फिर्ता गरेको हो । सदस्यहरुले बचतमा प्राप्त गरेको ब्याज रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याज रकमका लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाड गरी सदस्यलाई वितरण गरिन्छ । 

कोषको कार्यविधि अनुसार ऋणको किस्ता भाखा नाघेका ऋणी सदस्यहरुले भने पूँजी फिर्ता वापतको रकम नपाउने संस्थाले जनाएको छ । 

सबै सदस्यहरुलाई नियमित बचत तथा ऋण कारोबार गरी संरक्षित पूँजी फिर्ताकोषको व्यवस्थाबाट आगामी दिनमा लाभ लिन संस्थाले आव्हान गरेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif