Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

चन्द्रागिरि साकोसले गर्‍यो एकिकरण, दुई सेवा केन्द्र विस्तार गर्दै


२०७७ असार २९ गते , सोमवार प्रकाशित

थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले रिचमण्ड अर्गानिक कृषि सहकारी संस्था एकिकरण गरेको छ । संस्थाले ललितपुरमा रहेको उक्त संस्थलाई एकिकरणसँगै संस्थाको कार्यक्षेत्र ललितपुर जिल्लाभर विस्तार भएको छ । 

संस्थाले चन्द्र्रागिरि नगरपालिकाको दहचोक र ललितपुर महानगरपालिको लगनखेलमा सेवा केन्द्र खोल्न गर्न बागमती प्रदेश सहकारी मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ । आगामी भदौ महिनाभित्र दुवै सेवाकेन्द्र सञ्चालनमा ल्याइसक्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । “कार्यक्षेत्र विस्तारसँग थप जिम्मेवारीबोध भएको छ ।” उनले भने “एकिकरणको यो सानो प्रयास मात्र हो, आगामी दिनमा पनि एकिकरण र कार्यक्षेत्र विस्तारलाई निरन्तरता दिइने छ ।” 

चन्द्रागिरि साकोसले काठमाण्डौको पश्चिम भेगमा छुट्टै पहिचान बनाउन सफल भएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif