Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

सिवाइसी साकोसले बनायो नीति तथा कार्यक्रम, एटीएम सेवा शुरु


२०७७ असार २९ गते , सोमवार प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) का कारण का कारण मुलुक बन्दाबन्दीमै रहेको अवस्थामा बागलुङमा रहेको सहकारी संस्था सिवाईसी सहकारीले संस्थाले  धौलागिरि क्षेत्रमै पहिले पटक एटीएम सेवा संचालन गरेको छ । एटिएम काउन्टरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले उद्घाटन गरेका थिए ।

आफ्नो शेयर सदस्यलाई आधुनिक बैंकिङ सेवा प्रदानगरी युवा पुस्तालाई सहकारीतर्फ आकर्षित गर्ने र उदेश्यले नयाँ सेवा पनि सुरूवात गरेको छ । बागलुङ जिल्लामा सबैभन्दा बढी शेयर सदस्य भएको सिवाइसीले प्रविधिको प्रयोगमा समेत अग्रणी बनेको भन्दै प्रमुख अतिथि ढुङ्गानाले गरिबी निवारणमा सहकारीले खेल्ने भूमिका महत्वपूर्ण रहने बताएका थिए । 

सिवाइसी सहकारी संस्था लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्माले कोभिड–१९ का कारणले सारा विश्व आक्रान्त बनिरहेको बेला शेयर सदस्यलाई सहकारी मार्फत आर्थिक कारोवार गर्न अझै सहज होस भन्ने उद्देश्यले एटीएम सेवा सुरू गरेको जनाए । 

कार्यक्रममा ,राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हुमा कुमारी जिसीले सहकारी शेयर सदस्यको भावना अनुसार अगाडि बढ्न सक्नुपर्ने धारणा राखेकी थिइन् । 

गण्डकी प्रदेशमै पहिलोपटक नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको संस्थाले जिल्लामा मुख्य शाखा सहित १० वटा सेवा केन्द्रमार्फत सहकारीको काम कारोवार गर्दै आएको छ । 

संस्थाले १ करोड ५० लाख उद्यम गर्न चाहने युवा तथा फरक क्षमता भएका र अति विपन्न सदस्यहलाई आयआर्जनमुलक कार्यको लागि सहुलियत दरमा ऋण प्रदान गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ को अन्तसम्ममा संस्थाको ८६ वटा सूचकहरुलाई सबल बनाउँदै नेफ्स्कूनको प्राविधिक सहयोगमा एसियाली ऋण महासंघद्वारा विगत ५ वर्षदेखि संचालित एक्सेस ब्राण्ड कार्यक्रममा प्रमाणिकरण गरी एसियास्तरको उक्त ब्राण्ड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

संस्थाको असार मसान्तसम्म २० करोड शेयर पूँजि रहेकोमा आगामी बर्ष २४ करोड पु¥याउने लक्षसहित ३ अर्ब ५ करोडको अनुमानित कारोवारको तथ्यांक प्रस्तुत गरिएको थियो । संस्थामा हाल १ अर्ब २ करोड २६ लाख बचत, ऋण लगानी ८४ करोड ३९ लाख गरी कुल सम्पत्ति १ अर्ब ४३ करोड १९ लाख रहेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif