Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

भगवानहरूको महाँ सम्मेलन


२०७७ असार २९ गते , सोमवार प्रकाशित

      त्रीलोचन ढकाल  

"चार महिना भयो भोकै छु"
  "भोकले मेरो पनि बेहाल छ"

  "म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन"

  तिन जना भगवानको पीडाको आवाज हो यो । 

  भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महाँ सम्मेलनको आयोजना भयो ।
    महाँ सम्मेलनमा गहीरो विचार विमर्श भयो । पीडा र समस्याका कुरा प्रस्तुत भए । आखिरमा तिनजनाका बिचमा कार्य विभाजन भयो । आआफ्ना क्षेत्रमा अनुसन्धान गर्न जाने निष्कर्ष निस्कियो । इन्डिया र त्योभन्दा पूर्व एक जना जाने भए । बङ्लादेस,पाकिस्तान, अफगानिस्तान र अरबतिर अर्काले जिम्मा लिए । युरोप, अमेरिका र ल्याटिन अमेरिकातिर अर्का चाहिँ गए ।   पहिलोले बुध्दलाई बोलाएर नेपालभन्दा पूर्वतिर पठाए । शिवलाई हिमालमा र ब्रम्हालाई पहाडमा काममा लगाए । आफूले समथर भागको जिम्मा लिए । त्यसै गरि अरू दुई जनाले पनि आआफ्नो क्षेत्रको अवलोकन गरे । सबै कुरा बुझेर  सातौं दिनको भोलिपल्ट अयोध्यामा फर्किए ।
    महाँ सम्मेलन जारी भयो । युरोपतिर गएकाले भने "कुनै चर्चको पनि ढोका खुला छैन । सेरोफेरोमा मानिस देखिंदैन । सडकहरू शून्य छन । मानिस देखियो कि कोरोना नामको शैतानले खाइहाल्छ । चर्चको आसपासमा कसैलाइ पनि जान दिंदैन । अनि मान्छेले कसरी पुर्‍याउन खाना चर्चसम्म ? 

   अर्का बोले "हाम्रोमा पनि सारा मस्जिदहरूको ढोकामा ताला छ । बाहिर कोरोना सैतानकै रजाइँ छ । मान्छेलाई समुहमा देख्यो कि निलिहाल्छ । रमादानमा पनि मस्जिद खुलेनन । हाहाकार छ चारैतिर ।" तेश्रोले भने "समस्या एउटै रहेछ । मेरोमा त बुद्ध र भिच्छु पनि भोकै छन । शिव, उनका शक्तिरुपी पत्नी, शिव गण, ब्रम्हाका बुढाबूढी, तेत्तिसकोटी देवता र उनका पत्नी तथा सन्तानहरू छटाटाइरहेका छन भोकले । मन्दिर र गुम्बा सबै बन्द छन । कोही जाँदैन त्यहाँ । सेरोफेरोमा कोही भक्तलाई देखो भने कोरोना दैंत्यले खुर्लुक्क निलिहाल्छ । अनि हाम्रो खाना कसरी जम्मा हुनु त्यहाँ । चारैतिर कोरोना दैंत्यको आतङ्क छ ।"   महाँसम्मेलन्को छलफलले निष्कर्ष निकाल्यो । अब भगवान र देवताले पनि काम गरेर कमाइ गर्नुपर्‍यो । त्यही कमाइबाट खान लाउन पर्यो । मान्छेबाट आशा गर्न भएन । मानिसको आशामा मात्र बस्ने हो भने हामी सब भोकले मर्छौं । कोरोना मर्त्य लोकमा रहने बेलासम्म मान्छेले हामीलाई खान दिन पाउँदैनन ।   विदावादी हुँदै गर्दा तिनै जनाले एकै आवाजमा भने "कोरोना भाइरसलाई कसले मारिदेला ?"        

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif