Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

नागरिकता बिधेयक बिरुद्धमा मुस्लिम समुदाय पनि


२०७७ असार २५ गते , विहीवार प्रकाशित

  कृष्णनगर, कपिलवस्तु । नेपालमा विहेगरी आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारको नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदायले विरोध प्रदर्शन गरेको छ ।   विदेशी नागरिकलाई विवाह गरी नेपालको नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता प्रदान गरे पनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने प्राबान विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरुले पनि विरोध शुरु गरेका छन ।     हिजो कृष्णनगरमा मुस्लिम अगुवाहरुको संगठन इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लह खांले सरकारले नागरिकता ऐन संशोधन विधेयकबाट महिलामाथि विभेद बढाइ मौलिक अधिकारबाट बञ्चित गर्न खोजेकोले  यस  विरुद्ध  प्रदर्शन गरिएको बताएका छन् । धर्म निरपेक्ष राष्ट्रमा खासगरी तराईका मधेशी ,मुस्लिम समुदायलाई लक्षित गरेरै यो संशोधन विधेयक ल्याइएकोले हाम्रो समुदायलाई राजनितीक प्रतिस्पद्र्धामा पछाडि पार्ने षड्यन्त्र गरिएको अध्यक्ष खांले आरोप लगाएका छन । नेपालका अधिकांश मुस्लिम समुदायका युवायुवतीहरुको विहे भारत लगायत अन्य देशमा हुने गरेकाले यस विधेयकले सबभन्दा बढी मुस्लिम समुदाय नै प्रभावित हुने अध्यक्ष खांले उल्लेख गरे । 
    स्थानीय मुस्लिम समुदायका लगभग सयौ जनाकाको उपस्थितमा एक रैलि निकालेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन । इत्तेहाद नेपाल मुस्लिम समुदायका हकहितमा वकालत गर्ने संस्था मानिन्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif