Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सदस्यहरुको आर्थिक व्ययभार कम गर्न उग्रताराले दियो व्याजमा छुट


२०७७ असार २४ गते , बुधवार प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा ऋणी सदस्यहरु मर्कामा परेको भन्दै उनीहरुलाई सहुलियत दिन अधिकांश सहकारीहरुले ब्याज छुटको व्यवस्था गरेका छन् । व्यापार व्यवसाय ठप्प हुँदा सदस्यहरुको आम्दानीको क्रम रोकिएको र उनीहरुलाई केहि मात्रामा भएपनि राहत दिने उद्देश्यले संस्थालहरुले लकडाउन अवधिभरको ऋणको व्याजमा १५ प्रतिशतसम्म छुट दिने बताएका छन् । यसै आवको असार मसान्तसम्म भुक्तानी गरेमा सदस्यहरुले सो सुविधा पाउने संस्थाहरुले बताएका छन् । अर्कोतर्फ सदस्यहरुले लामो समयदेखि मासिक रुपमा बुझाउनुपर्ने किस्ता बुझाउन सकिराखेका छैनन् । केहि प्रतिशत छुट दिएर असारमसान्तभित्र ब्याज उठाउन सके संस्थाको फमर्रमेन्स राम्रो देखिने हुँदा पनि कतिपय सहकारी संस्थाले यो स्किम ल्याएका हुन् । यसबाट संस्था र सदस्य दुवै लाभान्वित हुने देखिन्छ । 

काभ्रेको बनेपा रहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाले पनि लक डाउन अवधि भरको ऋणको ब्याजमा १० प्रतिशत छुट दिएको छ । सदस्यहरुलाई केहि मात्रामा भएपनि सहुलियत पुगोस् भन्ने उद्देश्यले छुट सुविधा ल्याइएको र असारमसान्तसम्म ब्याज भुक्तानी गरे उक्त सुविधा पाइने संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले जानकारी दिए । त्यस अवधिमा सदस्यबाट कुनै पनि हर्जान नलिने समेत उनले बताए । कोरोनाका कारण व्यवसाय अप्ठ्यारोमा परेका सदस्यलाई थप ऋण दिएर भएपनि व्यवसाय पुनः सञ्चालनमा ल्याउन सघाउने समेत उनले बताए । लकडाउनको अवधिमा पनि दैनिक दुइतीन घण्टा कार्यालय सञ्चालन गरी सदस्यहरुलाई सेवा दिएको र असार १ बाट भने लक डाउन खुकुलो भएकाले पूर्ण समय सेवा प्रदान गरिएको उनले जनाए । 

कोरोनाको जोखिमबाट बच्न पूर्ण सावधानी अपनाइ कार्यालय सञ्चालन गरिँदै आएको र संस्थामा कार्यरत कर्मचारीहरुको जनही एक लाख रुपैयाको कोरोना बीमा गरिएको उनले बताए । संस्थामा तरलताको कुनै समस्या नरहेको र सदस्यले आवश्यकता अनुसार बचत राख्न र झिक्न सक्ने थापाले बताए । 

जेष्ठ मसान्तसम्म संस्थाको शेयर पूँजी ५ करोड २४ लाख, बचत ६६ करोड ४९ लाख ४९ हजार, लगानी ५५ करोड ४ लाख, जगेडा तथा अन्य कोषहरु २ करोड ४५ लाख र सदस्य २४५९ रहेका छन् । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif