Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

स्थायी समितिको बैठक स्थगित रहस्यमय बन्दै, ‘र’ अधिकारीसँग नेताहरु भेट्दै


२०७७ असार २४ गते , बुधवार प्रकाशित

काठमाडौं। सत्तारूढ डबल नेकपा (नेकपा)को स्थायी कमिटीको बैठक फेरि आज पनि स्थगित गरिएको छ ।
    अर्को बैठक पर्सि, २६ असार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको न प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।         यो स्थायी कमिटी बैठक आज ११ बजे बालुवाटारमा बस्‍ने कार्यतालिका थियो। यसअघि २२ असारमा तय गरिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
    गत १० असारबाट शुरू  स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण १९ असारयता बस्न सकेको छैन। बैठककै बीच दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष बढेपछि नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ।
    अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।
    विवाद सुल्झाउन नेताहरूबीच एक्लाएक्लै र सामूहिक रूपमा चरण(चरणमा छलफल भइरहेको छ। विवादलाई समाधान गरी पार्टीलाई एक ढिक्काका साथ अगाडि बढाउन दोस्रो र तेस्रो तहका नेताहरूले शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन्।
    पार्टी एकतालाई जोगाइराख्न र असमझदारीहरू हटाउन समाधानका उपायको खाका तयारीका लागि नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।
    यसबीचमा अध्यक्षद्वयबीच वान अन वान छलफलहरू भइरहेका छन्।


भारतीय गुप्तार संस्था ‘र’ का अधिकारीहरुले नेताहरुलाई भेटिरहेका छन् 


यसै बिच दिल्लीबाट प्रकाशित हुने आजको दि पाइनियर अग्रेजी दैनिक पत्रिकाले भारतीय रिसर्च एण्ड एनालिसिस वीङ्ग(र) का अधिकारीहरुले काठमाण्डौमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुसँग लगातार भेटघाट गरिरहहेको कुरा प्रकाशमा ल्याएको छ । चिनीयाँ राजदूतले भेट्दा हो–हल्ला मच्चाउने सञ्चार माध्यमहरु ‘र’का अधिकारीहरुको रहस्यमय भेटघाटका बारेमा भने चुपचाप रहेका देखिन्छन् । 

  बैठक स्थगितको निर्णायक निर्णय बाहेक अरु कुनै निर्णय यो दुइ सातामा भएको छैन । अगाडि के हुने हो अनिश्चित छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif