Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

एआईजी शैलेश थापा क्षेत्री बने आइजीपी


२०७७ असार २३ गते , मंगलवार प्रकाशित

  काठमाडौँ । नेपाल सरकारले आज नेपाल प्रहरी को महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गर्ने निर्णय गरेको छ ।  
बरियताको पहिलो नम्बरमा रहेका क्षेत्रीलाई आज अपरान्ह बसेको  मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।  
यस महानिरीक्षकको प्रतिस्पर्धामा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए । उनीहरुबीचमा अस्वस्थ प्रतिस्पर्धा नभएको पनि बताइने गरिन्थ्यो ।  
नेपाल प्रहरीको २८औं महानिरीक्षक बनेका थापा २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को रुपमा सेवा प्रवेश गरेका थिए ।    
नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । थापा गत बर्ष २०७६ चैत ९ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । प्रहरीमा व्यवसायिकता विकासका लागि मूल्यांकनका आधारमा थापालाई नियुक्त गर्ने प्रस्ताव गरिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्रोतले बताएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif