Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

इलाका प्रहरी कार्यालय बहादुरगंजद्वारा अबैध पम्पसेट पार्ट्स सहित अटोरिक्शा बरामद


२०७७ असार २२ गते , सोमवार प्रकाशित

  प्रिन्स मिश्रा,कृष्णनगर  इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य पम्पसेट सेट पार्ट्स  सहित अटोरिक्शा बरामद गरेको छ। इप्रका बहादुरगंजबाट खटिएको गस्ती टोलीले  कृष्णनगर देखि चन्द्रौटा तर्फ जादै गरेको ३८ हजार बराबरको अबैध पम्पसेट पार्ट्स सहित अ‘ाटो रिक्शा बरामद गरेको हो ।

      कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजबाट अबैध पम्पसेट पार्ट्स सहित अ‘ाटो रिक्शा बरामद गरी भन्सार पठाइएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिएका छन्  ।
      बरामद पम्पसेट सेट पार्ट्स ३८ हजार र अ‘ाटो रिक्शाको २ लाख मूल्यांकन गरी भन्सार पठाइएको नायब निरीक्षक भंडारीले जानकारी दिएका छन  । यहाँको प्रहरी कार्यालय यस्ता अवैध कृयाक्लाप  रोक्न सधै तत्पर रहेको र आम जनता लगायत सरोकारवालासँग निरन्तर छलफल गरीरहेको पनि भण्डारीले जानकारी दिए ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif