Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

सत्ताधारी दलको बैकट पुनः सारियो २४ गते बस्ने


२०७७ असार २२ गते , सोमवार प्रकाशित

      काठमाडौँ । सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक पुनः सारिएको छ । अब असार २४ गते बैठक बस्ने भनिएको  छ । आजका लागि तय भएको बैठक पर्सी असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए का छन् ।       यो भन्दा पहिला पनि शनिबारका लागि निर्धारित बैठक आजका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित हुँदै आएको छ  ।
      समाचार अनुसार बैठक सरे पनि  सत्ताधारी नेकपाका  अध्यक्षद्वय  केपी शर्मा ओली र  पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । आज बिहान साढे ९ बजेदेखि उनीहरुबीच छलफल चलेको बताइएको छ  । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास गरिने भन्दै आजको बैठक स्थगित गरिएको बताइन्छ ।       दुबै पक्षले आ–आफ्नो अडान नछोडे पछि बैठक हुन नसकेको र सहमति खोज्ने भन्दै समय लम्ब्याउने काम भइरहेको छ। ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछोड्ने अड्डी लिएका छन् भने पुष्पकमल र माधन नेपाल दुइमध्ये एक पद छोडनै पर्ने अडानमा रहेका छन् ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif