Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

बिश्वमा कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ५६ हजार ७ सय ८८


२०७७ असार २२ गते , सोमवार प्रकाशित

     बिश्वमा कोरोना सक्रमण घट्नुको साटो दिनानुदिन बढ्दै र फैलिदै गएको छ । आज बिहान ९.३० बजेतिरको संक्रमितहरुको संख्या १ करोड १५ लाख ५६ हजार ७ सय ८८ पुगेको छ । त्यसैगरी मृतकहरुको संख्या ५ ला ३६ हजार ७ सय ७६ रहेको छ । 

    संक्रमित भएर जाति भएका मानिसहरुको सख्या पनि उल्लेख्य छ । अहिलेसम्म ६५ ला ३५ हजार ४ सय ९५ जनाले यसबाट त्राण पाएका छन् भने बिमारीको संख्या पनि ४४ लाख ८४ हजार ५ सय १७ रहेको छ । बिमारीमध्ये ५८ हजा ५सय ४० को स्थिति निकै गम्भीर रहेको छ ।

    बिश्वमा अमेरिका नै संक्रमितहरुमा सबैभन्दा अगाडि छ । अभिलेख अनुसार अमेरिकामा संक्रमितको संख्या २९ लाख ८२ हजार ९ सय २८ पुगेको छ । यस बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै परीक्षण गरेकोले धेरै संख्या देखिएको पछिल्लो प्रतिकृया दिएका छन् ।

  संक्रमणमा अमेरिका पछि ब्राजिल दोश्रो र भारत तेश्रो स्थिानमा पुगेका छन् । ब्राजिलमा १६ लाख ४ हजार ५ सय ८५ संक्रमित छन् भने भारतमा ६ लाख ९७ हजार ८ सय ३६ पुगेका छन् ।  नेपालमा पनि यो भाइरस फैलिने क्रम बढ्दो छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगको छ भने मृतकको संख्या ३४ पुगेको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif