Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सिभिल क्यापिटल मार्केटको निशुल्क खाता सञ्चालन अफर


२०७७ असार १९ गते , शुक्रवार प्रकाशित

सिभिल क्यापिटल मार्केटले निशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्न अफर ल्याएको छ ।  ग्राहकहरुको आवश्यकतालाई विशेष प्राथमिकतामा राखी यही आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क छुट गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए । 
       कम्पनीले विगत ११ बर्षदेखि प्राथमिक शेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापन, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पूँजी बजार सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 


     निकट भविष्यमा कम्पनीको सामुहिक लागानी कोष समेत शुरुवात हुने प्रमुख कार्यकारी अधिकृत ढुंगेलले जानकारी दिए । सिभिल क्यापिटलले दिईरहेका सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्य आदि सुविधा सिभिल बैंक सातै प्रदेशमा रहेको १११ वटा शाखाहरुबाट सहजरुपमा नै उपलब्ध छन् ।
साथै , आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली द्रुत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्ने प्रतिवद्धता कम्पनीको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif