Monday, 10 August, 2020    |    २०७७ श्रावण २६ गते , सोमवार

स्वेच्छा साकोसले सदस्यको व्यवसाय पुनरोत्थानका लागि पुनर्कर्जा दिने


२०७७ असार १९ गते , शुक्रवार प्रकाशित

काभ्रेको पाँचखालमा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले ऋणी सदस्यहरुको उत्थानका लागि सहुलियत दरमा पुनरोत्थान कर्जा दिने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण थला परेका व्यवसायीलाई उठाउन त्यसप्रकारको ऋण दिन लागिएको संस्थाका व्यवस्थापक सन्तोष नापितले जानकारी दिए । 

न्यूनतम व्याजदरमा एक वर्षका लागि २ लाखसम्म उक्त ऋण दिइने उनले बताए । उक्त ऋण सुविधाबाट ऋणी सदस्यहरुलाई व्यवसाय अगाडि बढाउन सहज हुने र आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने उनको भनाई छ । 

त्यसैगरी लकडाउन अवधिभर ऋणको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय संस्थाले गरेको समेत उनले बताए । सो अवधिभर कुनै पनि प्रकारको हर्जाना नलाग्ने र ऋणको नवीकरण मिति नाघेको भएपनि लकडाउन खुकुलो भएको दुई महिना पछिसम्म नवीकरण गर्न सक्ने व्यवस्था संस्थाले गरेको छ । त्यसैगरी सदस्यहरुको दैनिक आवश्यकतालाई पूरा गर्न एक वर्षसम्म न्यूनतम ब्याजदरमा १० हजार रुपैया र विरामी भई अस्पताल भर्ना हुनुपरेमा ६ महिनासम्मका लागि निर्ब्याजी २० हजार रुपैया ऋण उपलब्ध गराउँदै आएको छ । 

संस्थाले स्थानीय स्तरमा रहेका विपन्न र न्यून आय भएका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा सहयोग गरेको छ । लक डाउनका कारण दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका केहि परिवारलाई दालचामल, तेल, चिउरा लगायतका खाद्यान्न उपलब्ध गराएको उनले बताए । 

संस्थामा तरलताको अवस्था सहज रहेको छ । संस्थाले हालसम्म १२ करोड बचत संकलन, ९ करोड लगानी, ८५ लाख शेयरपूँजी, ३६ लाख ५० हजार जगेडा तथा अन्य कोषहरु र सदस्य संख्या २ हजार पुर्‍याएको छ । 

लक डाउन अघि संस्थाले सदस्यहरुलाई १० मिनेटभित्र घरैमा बचत फिर्ता गर्दै आएकोमा हाल आधा घण्टाको अवधिमा सदस्यको घरमा बचत पुर्‍याई सदस्यमैत्री सेवा दिँदै आएको छ । 




लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif