Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

शुभश्री साकोसले लकडाउन अवधिभरको ब्याजमा दियो छुट


२०७७ असार १९ गते , शुक्रवार प्रकाशित

शुभश्री बचत तथा ऋण तथा ऋण सहकारी संस्थाले लकडाउन अवधि भरको ऋणको ब्याजमा सदस्यलाई १० प्रतिशत छुट दिने भएको छ । सदस्यहरुले ऋण वापतको जतिसुकै रकम बुझाएपनि ब्याज रकममा दश प्रतिशत छुट दिने निर्णय भएको संस्थाका प्रबन्ध सञ्चालक रत्नमान श्रेष्ठले जानकारी दिए । त्यसैगरी संस्थाले सो अवधिभर सदस्यबाट कुनै पनि हर्जाना नलिने निर्णय गरेको छ । “संस्थाको मुख्य उद्देश्य भनेको सदस्यलाई जोगाउने हो । सदस्य बाँचे नै संस्था पनि बाँच्छ” उनले भने “त्यसैले सदस्यकेन्द्रित राहत कार्यक्रम ल्याएका हौं ।”

संस्थाले लक डाउन अवधिभर सम्पर्क व्यक्तिमार्फत सदस्यको घरदैलोमा नै गएर बचत संकलन तथा फिर्ता गरेको उनले जानकारी दिए । लक डाउन केहि खुकुलो भएपछि सुरक्षाका उपाय अवलम्बन गरी सदस्यहरुलाई पूर्णकालिन सेवा दिन थालेको उनले जानकारी दिए । समुदायमा आधारित संस्था भएकाले तरलताको कुनै अभाव नरहेको र सदस्यले आवश्यकता अनुसार जति पनि रकम राख्न र झिक्न सक्ने उनले बताए । संस्थामा हाल १८ करोड १४ लाख २५ हजार तरलता रहेको पनि उनले जनाए । 

संस्थाको शेयरपूँजी ४ करोड ४४ लाख २ हजार, बचत संकलन ३४ करोड ६२ लाख १२ हजार र ऋण लगानी २२ करोड ३१ लाख ५० हजार रहेको छ । 

विपद्का बेला मध्यपुर थिमी नगरपालिकाले विपन्न र न्यून आय भएकाहरुका लागि सञ्चालन गरेको मेसमा संस्थाले १० बोरा चामल सहयोग गरेको थियो । 

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif