Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

नेपाल निम्न आयाबाट निम्न मध्यम आयमा उक्लियो – बिश्व बैंक


२०७७ असार १९ गते , शुक्रवार प्रकाशित

  काठमाण्डौं । बिश्व बैंकका अनुसा नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । दुइ दिन अघि जुलाई १ मा प्रकाशित प्रतिबेदनमा यो बताइएको छ ।     यसका बिश्वसनीय सूचकर आधारहरु के के हुन् प्रष्ट खुलाएको छैन  । तर विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा यसअघि निम्न आय भएका मुलुकको सूचीमा रहेको नेपालको स्तरोन्नति भएको बताइएको छ  । 
    विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको भनिएको छ । तर यो कुन कुन माध्यमबाट भएको हो स्पष्ट छैन । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो — उक्त रिपोर्टमा बताइएको छ ।
      सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । निम्नमध्यम आय भएका मुलुकको सूचीमा नेपालसहित ५० राष्ट्र छन् । यो समूहमा दक्षिण एसियाबाट पाकिस्तान, भारत, भुटान र श्रीलंका छन् ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif