Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

नेकपा सत्ताधारी चरम बिबादमा : स्थिति अझै निष्कर्शबिहीन


२०७७ असार १९ गते , शुक्रवार प्रकाशित

चरम बिवादको भुवरीमा परेको डबल नेकपा सत्ताधारीका गुट उपगुटहरु यतिबेला संस्थागत बैठक स्थगित गरेर अनौपचारिक बैठकमा जुटेका छन् । बाहिरबाट सर्सरी हेर्दा शक्ति संघर्षमा आफु अनुकूल ठानिएका सबै उपाय अबलम्बन गर्न उनीहरु कस्सिएर लागेका देखिन्छन् । पार्टी भित्रको परस्पर अबिश्वास र असमझदारीको अन्त्यउ गर्न भनेर बोलाइएको बैठकले उत्पन्न बिबाद मत्थर पार्नुको सट्टा झनै चुलिएर गए पछि सरकारी गुट र सरकारमा नभएको गुटका बीचमा बिभाजनको रेखा अझ चौडा भएर गएको छ ।
    प्रमा ओली इतरका गुटले उनीमाथि पार्टीको नीति,निर्देशन बिपरीत मनपरी निर्णय गर्दै प्रधानमन्त्री चलेको र सरकार एउटा गुटको एकलौटी जस्तो गरी चले चलाइएको आरोप लगाएर प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद त्याग गर्नु पर्ने कडा माग गरेका छन् भने प्रम ओलीले पनि पाटीले सरकारलाई सहयोग नगरेको र बिरोध र घेराबन्दीमा लागेको आरोप लगाउँदै कुनै पनि पद नछाड्ने कडा अडान लिएका छन् ।


  दुबै पक्षको अडान यथाबत रहेको र कुनै निष्कर्श ननिस्किएको स्थितिा प्रम ओलीले पार्टीसँग कुनै सरोकार नराखी संसदको बर्षे बजेट अधिवेशन एकाएक अन्त्य गरिदिएका छन् र संसदबाट हुनसक्ने सरकार सम्बन्धि निर्णयलाई टारिदिएका मात्र छैनन्, आवश्यक परे अध्यादेश ल्याएर थप कदम चाल्ने दिशामा उनी अग्रसर भएका देखिन्छन् । 
    यस स्थितिमा प्रधानमन्त्री इतर पक्ष पनि राजीनामाभन्दा तल सोच्न नसकिने निर्णायक निष्कर्शमा रहेको छ । यसले गर्दा कि त पार्टी बिभाजन कि त आत्म समर्पणको स्थिति उत्पन्न भएको छ । बीचको बाटो सहज देखिदैन । भोली शनिवारसम्म स्थगित रहेको सत्ताधारी पार्टीको स्थाई समितिको बैठक अन्तिम र निर्णायक हुने हो कि दुबै पक्षले लचक देखाएर समाधानको नयाँ बाटो खोज्ने हुन् अहिलेसम्म यकिन छैन ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif