Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बजेट अधिवेशन समाप्त, स्थाई समिति बैठक स्थगित, स्थिति अन्यौल


२०७७ असार १८ गते , विहीवार प्रकाशित

 
काठमाडौं ।  सत्ताधारी पाटी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही बेर चलेर स्थगित भएको छ । अजा बिहीबार मध्यान्ह १२ बजेतिरबाट आरम्भ  भएको बैठक प्रधानमन्त्री तथा यसका अध्यक्षा केपाी ओलाी अनुपस्थित भएपछि  केही समय बसेर स्थगित भएको हो। बैठक पार्टीका दोश्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुरु गरेका थिए । आजै बिहान मन्त्रीपरिषद् बैठक राख्नु अगाडि प्रधानमन्त्री तथा नेकपा((नेकपा)का अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिद्यादेबी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। तत्पश्चात मध्यान्ह बसेको मन्‍त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

  पार्टीको स्थायी समितिको बैठकमा ओलीको राजीनामा माग्दै चर्काचर्कीभएपछि आन्तरिक कलहले गम्भीर मोड लिदै गएको  छ । पार्टीभित्रैबाट नेतृत्व तहले चर्को आलोचनासहित राजीनामा माग गरिएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बचाउको रणनीतिकासाथ हिजैदेखि व्यक्तिगत र सामुहीकरुपमा पनि छलफललाई तीव्र बनाइरहेका छन् । आज बिहान पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न ओली समूहका नेताहरु  ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराई खुमलटार पुगेका थिए।

    त्यस भेटमा प्रचण्डले आफूलाई भन्दा पनि ओलीलाई सम्झाउन र पहिले भएका सहमति कार्यान्वयनका लागि मनाउन सुझाव दिएको बताइएको छ ।  हिजो ओलीले  दिनभर सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूसँग पछिल्लो स्थितिका बारेमा  छलफल चलाएका थिए । 

    तर यता संसदको बजेट अधिवेशन एकाएक समाप्त गरिएको, स्थाई समितिको बैठक पनि प्रधानमन्त्रीको अनुपस्थितिले गर्दा स्थगित भइ अन्यौल गपिएका र माइतीघर मण्डलाा राजीनामा माग्ने नेताहरुका बिरुद्ध ओली समर्थक यूवाहरुले प्रदर्शन गरेकोले स्थिति सह्मालिने थप चर्किन हो अनुमान गर्न नसिकने जस्तो देखा परेको छ ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif