Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

भक्तपुरका सहकारीमा अधिक तरलता, सहुलियत दरमा ऋण लैजान बचत संघको प्रस्ताव


२०७७ असार १८ गते , विहीवार प्रकाशित

भक्तपुर बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुमा तरलता अभाव हुन नदिन ८० लाख सम्मको ऋण सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन गरिएको बन्दाबन्दीका कारण समयमा ऋण असुली हुन नसकेका कारण तरलता अभाव ब्यहोरिरहेका संस्थाहरुलाई ९.५ प्रतिशतमा नै ऋण उपलब्ध गराइने संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जनाएका छन् । बन्दाबन्दीका कारण सहकारी सदस्यहरुको कारोबार प्रभावित भएको हुँदा लगानी भएको साँवा ब्याज असुली प्रभावित भएको छ । 

उनले भने “ऋण असुली समयमा हुन नसक्दा सदस्य संस्थामा ऋण योग्य रकम र तरलता अभाव हुन नदिनका लागि ९.५ प्रतिशतमै सहकारीको व्यवसाय प्रबद्र्धन गर्न एउटा संस्थालाई रु. ८० लाखसम्मको नयाँ विशेष ऋण सेवा संचालनमा ल्याएका हौं” । 

अर्कोतर्फ कतिपय संस्थामा भने तरलतामा वृद्धि भएको संघले जनाएको छ । भक्तपुर जिल्लामा ४७३ बचत तथा ऋण सहकारी भएपनि ११९ वटा संस्था संघमा आवद्ध रहेका छन् । ती मध्ये अधिकांश समुदाय स्तरमा सञ्चालित रहेका छन् । स्थानीय समुदायको विश्वास समुदाय स्तरको सहकारीमा बढेकाले ती सहकारीमा यस अवधिमा उल्लेख्य तरलता वृद्धि हुन गएको अध्यक्ष लाखाजुको धारणा छ । 

संकटकै बीच पनि सहकारीहरुले आवश्यक सावधानी अपनाएर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको उनले बताए । यसले गदा आगामी दिनमा सहकारीहरु क्षेत्र थप सशक्त हुने धारणा उनको छ । 

संघका व्यवस्थापक बालकृष्ण धोजु सहकारीहरुले हरेक संकटलाई अवसरको रुपमा लिनुपर्ने बताउँछन् ।संघले विनाशकारी भुकम्पबाट क्षति पुगेका घर निर्माणका लागि ८ प्रतिशतमा पुन निमार्ण ऋण लगानी यथावत रहेको जनाए । साथै संघले तरलता अभाव भएको बेला विना धितो ४० लाख सम्मका ऋण, सहकारीको दिगो विकासको लागि ५ बर्षे सहकारी दिगो ऋण ११.५ प्रतिशतमा नै प्रदान गरिरहेको छ । 

बचत संघको वासलात हालसम्म ९२ करोड पुगेको जसमा ८५ करोड बचत तथा ऋण संकलन भएको उनले जनाए ।

“जिल्लामा हाल तरलता अभाव भन्दा पनि तरलता अधिक भएको अवस्था छ” धोजुले भने । 


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif