Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

नेपालमा थप ३१६ जना कोरोनाभाइरस सङ्क्रमित


२०७७ असार १६ गते , मंगलवार प्रकाशित

  नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।     यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ।       तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।     मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १०,३४१ छ।     प्रतिदिन १० हजारवटा परीक्षण हुन सकेन, सरकार भन्छ ’आवश्यक छैन’
    नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण अहिलेसम्म प्रदेश नं ५ मा सर्वाधिक ३,८०७ जना र २ मा ३,७९४ जना कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्।     सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।     मङ्गलवार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२१ जना र प्रदेश नं २ मा ८२ जना थप सङ्क्रमित पुष्टि भएको छ।     हालसम्म सात जिल्लामा ५०० भन्दा बढी सङ्क्रमण देखा परेको डा. गौतमले जानकारी दिए।     ती जिल्लाहरूमा प्रदेश नं २ को महोत्तरी, रौतहट र सर्लाही, प्रदेश नं ५ मा कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन्।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif