Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

एमसिसीबारे टुंगो लगाउन अमेरिका दबाब बढाउँदै


२०७७ असार १५ गते , सोमवार प्रकाशित

  नेपलमा ठूला बिबादित बनिरहेको एमसिसि सम्झौताका बिषयमा अमेरिकाले छिटो निर्णय गर्न  नेपाललाई पुनः दबाब दिएको छ। । बिबादले गर्दा गत बर्षदेखि नै यो सम्झौता संसदमा टेबुल हुन सकिरहेको छैन ।     पछिल्लो पटक अमेरिकाले नेपालले यो सम्भाmौता अनुमोदन नगरे अनुदानबाट बञ्चित हुनुपर्ने भन्दै  जस्ताको तस्तै यसको अनुमोदन गर्न जोड दिदै आएको छ ।      बिचित्रको कुरा के छ भने नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस यो सम्झौता जस्ताको तस्तै पारित गर्न अग्रसर छ भने सत्ताधारी डबल नेकपामा यसबारे बिबाद । संसदबाहिर र संसद भित्र यसको बिरोधमा ठूलो जनमत देखिन्छ ।     अमेरिकाले पाँच बर्षमा ५५ अर्ब दिने र नेपालले ५ अर्ब यसमा मिसाउनु पर्ने र त्यसबाट ४०० केभीको बिद्यूत प्रसारण लाईन र १०० किलोमिटर बाटो मर्मत गर्ने कुरा सम्झौतामा छ ।
   तर सम्झौतका कतिपय शर्तहरु नेपालको हित बिपरीत रहेका र एमसीसीले नेपालको सार्बभौमिकता, स्वाधीनता र संबिधानलाई नै कुल्चिन सक्ने भएकाले यो सम्झौता रद्द हुनुपर्ने माग सडकमा रहेका बिभिन्न दल र सामाजिक संंगठनहरुले पनि गरिरहेका छन् ।     खाशगरी आईपीएस(इण्डो–प्यासिफिक स्ट्राटेजी) अन्तरगत नै अमेरिकाका सहयोगहरु चल्ने गरेको र यो एमसीसी सम्झौत पनि त्यसै अन्तरगतको भएको अमेरिकी अधिकारीहरुले समेत भनिरहेको सन्दर्भमा नेपाल कतै सैन्य शक्तिको अखडा त हुने होइन भन्ने चिन्ता जन स्तरमा आशंका छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif