Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

सलहबाट किसानलाई जोगाउन चार किसान संगठनको जोडदार अपिल


२०७७ असार १५ गते , सोमवार प्रकाशित


 अफ्रिका महाद्विपबाट इरान, पाकिस्तान, भारत हुँदै नेपाल प्रबेश गरेको सलह किराले किसानको बालीनाली नष्ट हुने सम्भाबना बढेकोले त्यसको नियन्त्रण गर्न र कृषिबाली तथा किसानलाई जोगाउने सबै किसमका सम्भव उपायहरुको अबलम्बन तत्काल गर्न हामी चार किसान संगठन — अखिल नेपाल किसान महासंघ अप्पो, अअिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसानसँघ – जोडदार माग गर्दछौं ।

अरु देशमा सहल किरा आएर कृषि बालीनालीमा ठूलो नोक्सानी पुराइरहेको स्थितिप्रति आवश्यक ध्यान दिएर हाम्रो देशमा यी सलह कीरा प्रवेश गर्नुभन्दा पहिला यसलाई आउन नदिने, रोकथाम गर्ने र कृषि र किसानलाई जोगाउने तर्फ सरकारको उदासीनता र तयारीको अभाव अहिले खट्एिको छ । सरकारले कीटबिज्ञ र मौसम बिज्ञहरुको आवश्यक सहयोग लिएर किसानको बालीनाली जोगउाने तर्फ आफु सक्रिय र सचेत बन्ने र किसान र कृषिलाई जोगाउन भन्दा पनि सलह नेपाल भित्र नपस्ने जस्तो हचुवा प्रतिबेदन दिएर समस्याप्रति बेवास्ता र हेलचेक्र्याई गरेबाट कृषिबालीनालीमा पुगेको नोक्सानीप्रति सरकार जिम्मेवाहुनै पर्दछ र किसानको खाद्य अधिकार र सम्प्रूभताको रक्षा गर्न पनि हामी जोडदार आवाज उठाउँदछौं ।
साथै यो सलह कीराले क्षति पुगेका किसान परिबारलाई यथेष्ठ क्षतिपूर्तिको तत्काल ब्यविस्था गर्न पनि हामी सबै तहका सरकारहरुलाई बिशेष आग्रह समेत गर्दछौं ।
  भैरब रेग्मी 
अध्यक्ष 
अखिल नेपाल किसान महासंघ(अप्पो) सीताराम तामाङ्ग अध्यक्ष अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) लोकनारायण सुबेदी 
अध्यक्ष 
अखिल नेपाल किसान यूनियन कृष्ण राना इञ्चार्ज

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif