Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

धान दिबस मनाउदै चामल आयात गर्दै’ रमाउने हाम्रो असार पन्ध्र


२०७७ असार १५ गते , सोमवार प्रकाशित

  बिगत १७   बर्षयता सरकारले असार १५ मा राष्ट्रिय धान दिबस मनाउने गर्दै आएको छ । तीन बर्ष अघि १४औं राष्ट्रिय धान दिबसका बेला देशमा ५४ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष राखेको बताइएको  थियो । तर लक्षित उत्पादन भएन । धान दिवस मनाउदै चामल आयात गर्दै रमाउने हाम्रो ‘राष्ट्रिय प्रचलन’ नै भइसकेको छ । सरदर बार्षिकरुपमा  ३० अर्ब जतिको चामल आयात हुने गरेको देखिन्छ । सरकारले चीन, भारत, थाइल्याण्ड, जापान, इटली आदि देशहरुबाट चामल आयात गर्ने गरेको छ ।  धान लगायतका खाद्यान्न बस्तुमा आत्म निर्भर बन्ने सरकारले घोषणा गर्ने गरेको भए पनि त्यो साकार बनेको छैन । त्यसैले धान दिबसको दिन केवल एउटा बार्षिक साँस्कृतिक कर्मकाण्ड जस्तो मात्रै हुदै आएको छ ।       सर्सरी हेर्दा बिगत आर्थिक बर्ष २०७१÷७२ देखि नै २० जिल्लामा मसिना र बास्नादार धान उत्पादन प्रबद्र्धन गर्ने कार्यक्रम, २०७२÷७३ तराईका बिभिन्न १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन ले ३५ जिल्लामा बिस्तार गरिएको  र यो कार्यक्रम  आर्थिक बर्ष २०७४।७५ देखि स्थानीय तहलाई जिम्मा लगाइसकिएको देखिन्छ ।यसका अतिरिक्त  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत २०७३÷७४  सञ्चालन गर्ने गरिएको छ । यो परियोजनाअन्तर्गत  २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानवालीलाई समावेश गरिएको बताइदै आएको पनि  । यसैगरी चैते धानलाई प्रवद्र्धन गर्न पनि झण्डै  ५० जिल्लामा चैते धानबालीको क्षेत्रफल विस्तार गरी अहिले एक लाख १८ हजार  हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पुर्याउने योजना अघि बढाइएको पनि बताइएको छ । यस बीचमा केवल २०७३।७४ मा मात्र हालसम्मकै सबै ‘रेकर्ड’ तोडेर ईतिहासमै पहिलो पटक ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको बताइएको थियो । तर हाम्रो आयात जारी छ । आत्म निर्भरता टाढै छ । 

        व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको  आर्थिक वर्ष २०७३।७४ को १० महिनामा पनि  २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको देखाइएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७२।७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो । आयात हुने अधिकांश चामलको परिमाणमध्ये मसिनादार र वास्नादार चामल रहेका थिए  । नेपालका यतिबेला जम्मा १५ लाख ५२ हजार हेक्टरमा धानको खेती हुँदै आएको अभिलेख छ । नेपालको कूल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ ।  यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती हुने गरेको छ ।            प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एक अर्ब  रुपैयाँ लगानी भइसकेको छ र देशलाई धानमा आत्मनिर्भर गराउने यसको प्रमुख लक्ष्य राखिएको बताइएका हो । अनि नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले विकास गरेको ६३ प्रकारका सूचित धानको जातको बीउ प्रयोग गरी किसानले धान उत्पादन गर्दैआएको पनि अभिलेख छ । यसका अतिरिक्त देशमा सुख्खा र डुबान सहन सक्ने धानका जातहरु पनि अन्तर्रा्ष्ट्रिय धान अनुसन्धान संस्था(इरी) का नेपाल  प्रमुख डा. भव त्रिपाठीले नेपालमा सुख्खा सहन सक्ने र डुबान सहन सक्न उन्नत जातको धानको विकास भएपनि किसानको घरदैलोसम्म ती अझै पुग्न सकेका छैनन् या कमै मात्र पुगेका छन् ।     धान नेपालको प्रमुख खाद्यान्न बाली भएको यसको उत्पादनले राष्ट्रिय आम्दानीमा २१ प्रतिशत त एक्लै योगदान गर्ने भएकोले पनि यसको महत्व र आवश्यकता प्रष्ट हुन्छ । अनि देशको खाद्यान्नको ५० प्रशिशत आपूर्ति धानबालीबाटै हुदै गरेको स्थितिमा धान बालीको कति ठूलो महत्व रहेको छ सजिलै बुझ्न सकिन्छ । अनि नेपालमा धान बाली सघन र बिस्तारात्मक दुबै स्तरमा गर्नुपर्ने र गर्न सकिने स्थिति पनि छ । तर उचित ध्यान र प्रबन्ध भने अझै हुन सकेको छैन । यस्तो स्थितिमा हामीले मनाउने राष्ट्रिय धान दिबस पनि दीनहीन नै रहेको छर्लङ्ग छ ।    यस स्थितिले परम्परागत हिलो छ्यापाछ्याप गर्ने, दही चिउरा खाने र रोपाई गर्ने सँस्कृतिलाई निरन्तर कायम राख्नेभन्दा माथि उठ्न हामी सकेका छैनौं भन्ने प्रष्ट पार्दछ । यसैले कमजोरी कहाँ छ केलाएर धानमा आत्मनिर्भर बन्न र नेपाली किसानलाई हर तरहले सबल र सक्षम बनाउन सार्थकरुपमा अग्रसर हुन सकेमा मात्र असार १५ लाई राष्ट्रिय धान दिबसकोरुपमा मनाएको अर्थ हुन्छ ।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif