Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

क्रान्तिकाप्रति अटुट आस्था तिमीले जगायौ


२०७७ असार १५ गते , सोमवार प्रकाशित

 कमरेड पुष्पलालको ९६औं जन्म जयन्तिको अवसरमा 

क्रान्तिकाप्रति अटुट आस्था तिमीले जगायौ
शत्रुका अगि नझुकी लड्न तिमीले सिकायौ
ब्यूझाइदियौ नेपाली पाखा पखेरा मैदान
झोपडी भित्र झुल्काइदियौ सुनौलो बिहान ।


संयुक्त जन क्रान्तिको आगो तिमीले दन्कायौ
युगको नौलो प्रेरणा दीप तिमीले सल्कायौ
त्यही दीप लिई नेपाललाई उज्ज्वल पार्नेछौं
देखायौ बाटो संघर्षशील अगाडि बढ्नेछौं  ।

  नेपाल कस्को - पसिना पुच्छ्ने नेपाली साराको
जमिन कस्को - जोत्नेको नारा तिमीले दिएको
हे सर्बहारा बर्गका प्यारा सुकिला दर्पण !
तिमीलाई हाम्रो हार्दिक श्रद्धाञ्जली छ अर्पण ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif