Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

कमरेड पुष्पलाल कसरी बने कम्युनिष्ट क्रान्तिकारी ?


२०७७ असार १४ गते , आईतवार प्रकाशित

  लोकनारायण सुबेदी      प्रातःस्मरणीय महान अमर शहीद गंगालालका सहोदर माहिला भाइ कमरेड पुष्पलालको जन्म १५ असार १९८१ सालमा त्यतिबेलाको पूर्व २ नम्बर रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसी कुमारीको कोखबाट भएको थियो  । उनका जेठा दाजु  शहीद गंगालाल र अरु तीन भाइहरु गौरीलाल, देबीलाल र बिजयलाल हुन् भने बहिनी पुष्पलता हुन् ।

  पिता भक्तलालले पनि २००९ सालमा गठित अखिल नेपाल न्यून बैतनिक कर्मचारीहरुको हडतालको क्रममा एक्शन कमिटीको अध्यक्ष भएर आन्दोलन चलाएका थिए । दाजु गंगालालले त १९९७ सालमै क्रुर राणाशाहीको सत्ताले हत्या गरेको थियो र उनले उच्च शहादत प्राप्त गरेका थिए । उनलाई आफुलाई राणाहरुले मार्दैछन् भन्ने कुरा थाहा थियो । त्यसबेला उनलाई गोली हान्न काठमाण्डौको बिष्णुमती नदी किनारा शोभा भगवती लानु एक दिन अगाडि कमरेड पुष्पलाल दाजुलाई भेट्न भद्रगोल जेलमा सपरिवार गएका थिए । त्यतिबेला गंगालालले पुष्पलाललाई बडो दृढतापूर्ब सम्झाउदै र उत्प्रेरित गर्दै भनेका थिए ः ‘हेर माहिला ! यो मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्वलित गर्नेछस्, निभ्न दिने छैनस्’ ।
          क्रूर राणाशाहीले जेलमा थुनेका आफ्ना दाजुका यी अन्तिम उच्च राजनीतिक दृढताका शब्दहरु नै कमरेड पुष्पलालका निमित्त राजनीतिमा प्रवेश गर्ने अबिस्मरणीय प्रेरणा पुञ्ज बने र पुष्पलालले त्यसै दिन दृढ अठोट गरे एकतन्त्री निरंकुश राणाशाही लगायत सम्पूर्ण तानाशाहीका बिरुद्ध आजीवन लड्ने !   अनि नेपालको ०९७ सालको शहीद पर्ब पछि १९९८ सालमा पुष्पलालले प्रेमबहादुर कंसाकार, शम्भूराम श्रेष्ठ, र्सूय भारद्वाज र राजारामहरुसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरे । त्यस संघमा रहेका सदस्यहरुले आ–आफ्नो रगतले प्रतिबद्धतापत्रमा सही गरेर लाग्नु पर्ने नियम बनाइएको थियो र त्यसै गरिन्थ्यो । संघले राणाशाहीको बिरोध गर्न बिद्यालयहरु खोली बिभिन्न खालका सीपमूलक तालिमहरु दिने गर्न थाल्यो । भारत प्रबासमा रहेका नेपालीहरुका बीच पनि राणाशाही बिरोधी कृयाकलाप बढाउन पुष्पलालले १९९७ सालदेखि नै बन्दी जीवन बिताइरहेका नेपाल प्रजापरिषदका नेताहरुसँग पनि गोप्यरुपले सम्पर्क राखेर टंकप्रसाद आचार्य लगायतका अरु नेताहरुसहितको फोटो सन् १९४२ मा भारत पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न पनि मद्दत गरे । २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि आन्दोलन गर्दा त्यसको नेतृत्व पुष्पलाल, शम्भूराम, स्नेहलता,साहना प्रधान आदिले गरेका थिए । जनताद्वारा गरिएको यही नै पहिलो सचेत राजनीतिक जन आन्दोलन थियो र त्यसैका कारण तत्कालीन राणा प्रधानमन्त्री पद्म समशेर राजनीतिक सुरधारका बिभिन्न कदमहरु चाल्ने घोषणा गर्न पनि बाध्य भएका थिए ।     तर राणाशाही बिरोधी आन्दोलनलाई सशक्त र सुदृढ तुल्याउन पर्ने बोलमा नेपाली काग्रेसका नेताहरु परस्पर झगडामा लाग्ने, आन्दोलनलाई कमजोर तुल्याउने र सामन्त बर्गसँग सम्झौता गरेर शासन सत्ता हत्याउनमा मात्र सीमित रहने स्थिति बोध गरेर पुष्पलाल मार्क्सवादको अध्ययन गर्दै ‘नेपाली जनताले अब छुट्टै बाटो अर्थात् नयाँ जनवाद, बैज्ञानिक समाजवाद र साम्यवादको बाटो’ लिनुपर्ने निष्कर्शमा पुगे र नेपाली राष्ट्रिय काग्रेसको केन्द्रिय कार्यालय सचिवबाट राजीनामा गरी कम्युनिष्ट पार्टी गठन गर्ने नेपालको लागि एउटा छुट्टै र बिशिष्ठ राजनीतिक बाटोमा अग्रसर भए । उनले त्यसै क्रममा बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरे । यही नै नेपालमा पहिलो कम्युनिष्ट दस्तावेज र साहित्य पनि बन्नपुग्यो । त्यसको भूमिकामा उनले नेपाली समाजको जुन बर्ग बिश्लेषण गरेका छन् त्यसले गर्दा पनि त्यो दस्तावेज दूरगामी, ऐतिहासि र अझ महत्वपूर्ण ठहरिन गयो । यसरी कम्युनिष्ट पार्टी गठनको गृह कार्य गर्दै गएर पुष्पलालसहीत पाँच जना संस्थापक सदस्यको तर्फबाट नेपालमा कम्युनिष्ट पार्टी थापना गर्न अपिल गर्दै २००६ साल बैशाख १२ गते एउटा अपिल पत्र जारी गरे । त्यो अपिलपत्र पुष्पलालले भन्ने र नारायणबिलाश जोशीले टाइप गर्ने गरेर तयार गरिएको थियो गेस्टेटनर लिथो मेशिनबाट कपीहरु निकालेर प्रेस र जनतालाई दिने काम गरिएको थियो  । त्यस अपिलको धेयलाई कार्यरुपमा परिणत गर्दै नेपाल कम्युनिष्ट पार्टी गठन गर्न नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र, बिधान र केन्द्रिय संगठन समितिको निर्माणकासाथ बिधिवत १५ सेप्टेम्बरका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनाको घोषण गरियो । एउटा पार्टी बास्तवमा पार्टी हुनुको अर्थ नै त्यसको घोषणापत्र, बिधान र त्यसलाई कार्यरुपमा बिधिबत परिणत गर्ने संगठन हो । त्यो १५ सेप्टेम्बर १९४९ का दिन बन्यो नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो ।   पछि पार्टीको प्रथम सम्मेलन २००८ सालमा हुँदा पार्टीको जन्म दिन १५ सेप्टेम्बर र पार्टीको कार्यक्रम नयाँ जनबाद भन्ने बिषयलाई बिधिबत सम्मेलनद्वारा पारित गरियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif