Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

सलहको हमलालाई बिश्वका सबै मिलेर रोक्न सिकौं !


२०७७ असार १४ गते , आईतवार प्रकाशित

          मनिसका लागि कुनै एउटा मात्र नकारात्मक शक्तिले हमला गर्दा त आजको जमानामा पनि रोक्न त्यत्ति सजिलो छैन, बरु निक्कै नै कठिन हुन्छ भन्ने कुरा कोरोना भाइरसको बर्तमान आक्रमणले प्रष्ट देखाएको छ । त्यसमाथि अझ अहिले यो कोरोना भाइरसको बिश्वब्यापी आक्रमण उत्कर्षतिर बढिरहेको  र त्यसको असरले बिश्व अर्थ ब्यवस्था ठप्प भएर धराशायी हुने स्थितिबाट गुज्रिरहेको बेला थप सलहको आक्रमण पनि हुन पुग्यो भने भन्नै पर्ने हुन्छ कि आज प्रकृति धेरै नै कुपित भएर मानब समाजको परीक्षा लिन उद्यत छ । नेपालमा पनि सहल पसिसकेको छ र यसले बालीनालीमा पुग्न सक्ने नोक्सानी अगणित छ । त्यसैले समयमै रोकथापम गर्न ध्यान केन्द्रित गर्नु अत्याबश्यक छ ।
    सलहको आक्रमणको तथ्यांक र बैज्ञानिकहरुको यस सम्बन्धि बिश्लेषणलाई सर्सरी हेर्दा बालीनाली तथा सम्पूर्ण प्राकृतिक हरियालीमा सलहको आक्रमणका कारण भइरहेको नोक्सानी देखेर मन नै नराम्रोसँग काम्न थाल्दछ । फलतः अनेक प्रश्नहरु मनमा खडा हुन्छन् । पहिलो प्रश्न के भने यति ठूलो सलहको समूह एकाएक कहाबाट आएको हो ? सुपर कम्प्यूटर लिएर बसको र मौसमको पनि ज्ञान राख्ने सरकारी संरचना र तथ्य बिश्लेषकहरुले समय रहँदै यस बारे किन ध्यान दिन सक्तैनन् या सकेका छैनन ? अनि किन यसलाई समूल नष्ट गर्ने कुने बिश्वब्यापी ब्यवस्था बन्न सक्तैन ? यसको किराको आक्रमण यतिबेला बास्तबमा इरान र पाकिस्तान हुँदै दक्षिण एशियाली देशमा छर्यो  । यद्यपि आजको ‘ग्लोबल वार्मिङ्ग’(बढ्दो बिश्वब्यापी तापक्रम)का कारण पैदा भएको जलवायु परिबर्तन र ठूलो जबर्जस्त हुने गरेको बर्षाको कालखण्डलाई ससल उत्पन्न हुने कुरा जोडिने गर्दछ । 

  यस बर्ष यस्तै स्थिति बनेर लगातार ठूलो बर्षा भएपछि बाझो रहेका खेतहरुमा यो सलह उत्पन्न हुने प्रजनन स्थलमा ती खेतहरु बद्लिएको उल्लेख गरिन्छ । अनि त्यसले इरान, पाकिस्तान र भारत लगायत दक्षिण एशियाली देशहरुका क्षेत्रहरुमा करीब दश किसिमका बिक्षोभका कारण यस्तो स्थिति उत्पन्न गरिदियो कि जसले गर्दा यहाको स्थिति यो  सलहको अनुकूल बन्न पुग्यो ।  हुन त संयुक्त राष्ट्र संघको एउटा इकाई खाद्य तथा कृषि संगठन(फाओ)ले यस बारेमा पूर्ब चेतावनी दिइसकेको थियो र मई देखि जून महिनामा एशियाली मुलुकहरुमा सलहको आक्रमण हुन सक्तछ । त्यो चेतावनीको आधार मौसमा आएको परिबर्तन नै थियो । तर समूहमा आएर बालीनालीमा आक्रमण गर्ने सलहको हमला यति ठूलो होला र त्यसले १९९३ मा गरेको आक्रमणलाई पनि बिर्साइदेला भन्ने कुरा शायद कसैले पनि सोचेको थिएन । त्यसबेला पनि किसानको बालीनालीलाई सलहले ठूलो नोक्सानी गरेको थियो र यस पटक पनि यसले अझ ठूलो क्षेत्रमा नोक्सानी गर्ने देखिएको छ । सलहका लागि अनुकूल मौसम हुँदा यसले समूहमा हजारौ बर्ग किलोमिटरको उडान गर्छ र पाए जति कृषिबालीको हरियाली सबै समाप्त पारिदिन्छ ।
          ज्ञाताहरु भन्छन् — नब्बे दिनको यो सलहको जीवन चक्रमा यसले तीन पटक प्रजनन गर्दछ । एक प्रजननमा बीस गुणासम्म सन्तान उत्पन्न गर्ने र समूहगतरुपमा बालीनालीमा आक्रमण गर्ने सलहसँग किसानहरु त्यत्तिकै डराएका होइनन् । यसले एक दिनमा ३५ हजार मानिसलाई आबश्यक पर्ने अन्न बालीनाली समाप्त पारिदिन्छ । त्यसैल यो सलहको आक्रमणबाट बच्न बचाउन गम्भीररुपमा कृषि बैज्ञानिकहरु लाग्नुपर्ने प्रष्ट देखिन्छ । परम्परागतरुपमा किसानहरुले भाँडा बर्तन, नगडा बजाउने र कतिपय ठाउँमा बिषादी छर्केर यसबाट मुक्ति खोज्ने सीमित कुरामा भर परेर नहुने र साझा बिश्वब्यापी उपाहरुको खोजी गरिनु पर्ने प्रष्ट देखिएको बिज्ञहरु बताउँदछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif