Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

खानेपानीका लागि विद्यालयलाई महालक्ष्मी विकास बेैंकको सहयोग


२०७७ असार १० गते , बुधवार प्रकाशित

महालक्ष्मी विकास बैंकका हेटौंडा र टाँडी शाखाले विद्यालयलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न सहयोग गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा रहेको आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमशः एक लाख पचास हजार र  एक लाख पैसठ्ठी हजार रुपैया सहयोग गरेको हुन् । 

बैंकको हेटौंडा शाखामा एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए भने रोयल सेन्चुरी होटलमा सम्पन्न अर्को कार्यक्रममा टाँडी शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका थिए । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif