Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

एमसीसी खारेजीको माग : देशको भबिष्यमाथि खेलबाड गर्न पाइदैन – बिपत्ती मण्डल


२०७७ असार १० गते , बुधवार प्रकाशित

पूर्ब निर्धारित कार्यक्रम अनुसार आज जनकपुरको शिवचोकमा पनि एमसीसी खारेजीको माग गर्दै बिरोध कार्यक्रम भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य बिपत्ती मण्डलको अध्यक्षतामा सम्पन्न भएको बिरोध कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का नेता शितल कर्णले पनि बोलेका थिए ।  एघार दलको कार्यक्रममा जनकपुरमा लक डाउनले गर्दा दुइ दल मात्र सम्मिलित हुन सकेका थिए । 


  कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै नेता बिपत्ती मण्डलले एमसीसी सम्झौताले हाम्रो देशको कानुन, संबिधान र सार्वभौमिकतालाई ठाडै उल्लंघन गर्ने र नेपालका श्रोत साधनमाथि एमसीसीको इकाई एससीएको अधिनमा जाने प्राबधानहहरु समेत यो सम्झौतामा भएकोले यसको खारेजी गर्नु बाहेक अरु बिकल्प नभएको भन्दै सरकारले यस्तो गलत सम्झौता पारित गर्न खोज्नु नेपाल र नेपाली जनताको भबिष्यमाथिको खेलबाड भएको उल्लेख गर्दै बिरोध गरेका थिए ।

    अर्का नेता शीतल कर्णले पनि सरकारले कोरोना भाइरसले आक्रान्त भएका जनतालाई कुनै राहत दिन्छ न देश र जनताको हितमा कुनै कदम चाल्छ । यो केवल बिदेशीको गुलमी गर्ने सरकार र प्रतिपक्षले नेपाली जनताको प्रतिनिधित्व गर्न सक्तैनन् भन्ने उल्लेख गरेका थिए ।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif