Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

नागरिकता विधेक विरुद्ध तेस्रो दिन कपिलवस्तुमा बिरोध प्रदर्शन


२०७७ असार १० गते , बुधवार प्रकाशित

    तौलिहवा lसरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनता समाजवादी पार्टि कपिलवस्तुले आज तेस्रो दिन सदरमुकाम तौलिहवामा बिरोध    प्रदर्शन गरेको छ ।  पार्टीको तौलिहवास्थित कार्यालयबाट निस्केका  पार्टीका नेता कार्यकर्ताले सरकारले ल्याउन लागेको नागरिकता विधेयक विरुद्ध नाराबाजी गर्दै मंगलबार तौलिहवा बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियोे ।     मधेशी समुदायलाई लक्षित हजारौं  बर्ष देखि कायम रहदै  आएको भारतसँगको रोटीवबेटीको सम्बन्धलाई समाप्त गर्न  पूर्वाग्रही भावनाले षड्यन्त्रकारी  विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । कोणसभामा बोल्दै नेता रबिदत्त मिश्रले बर्तमान असफल  सरकारले आफ्नो असफलता ढाकछोप गर्न आमजनताको ध्यान मोडन नयाँ राष्ट्रबादको नौटङ्की गरेको र मधेसी समुदायलाई मानसिक तनाव दिएर हाम्रो हजारौं बर्ष देखि  परम्परागत रूपमा  चलिरहेको रीतिरिवाज , संस्कार ,पहिचान र भारतसँग रहेको रोटीबेटीको नातामाथि प्रहार गर्न खोजेकोले कदापि स्वीकार नहुने   बताएका थिए ।     नेता कैलाश अग्रहरीले चीनको इसारामा चलेको यो ओली सरकारले मधेसीलाई राजनीतिक रूपमा कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाए । अङ्गीकृत नागरिकलाई  पहिले नै उच्च ओहदामा पुग्न संबैधानिक रोक लगाइसकेको  सरकारले फ़ेरि ल्याउन लागेको विधेयकले मधेशी समुदायको पहिचानलाई समाप्त  गरि हरेक क्षेत्रमा पछाडि  पार्न खोजिएकोले सो विधेयक सरकारले  खारेज गर्नैपर्छ , खारेज नभए  यसको परिणाम भयावह पनि हुनसक्छ  ।हामी अब   ठुलै  आन्दोलन गर्ने  नेता शैलेन्द्र यादवले बताए  ।     उक्त कार्यक्रममा  जिल्लाका प्रभावशाली नेता रबिदत्त मिश्र, रामबरण यादव , नारायण खनाल , रामप्रकाश चौधरी , शैलेन्द्र यादव ,कैलाश अग्रहरी, अब्दुल रसीद खाँ , बजरङ्गी चौधरी  लगायत जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु तथा आम जनताको  सहभागीता रहेको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif