Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

दोहाबाट लक्ष्मी बैंकले ल्यायो २० मिलियन ऋण


२०७७ असार ८ गते , सोमवार प्रकाशित

लक्ष्मी बैंकले दोहा बैंकको २० मिलियन अमेरिकी डलर बराबरको ऋण भित्राएको छ । बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ४४ करोड) बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । 

बैशाख दोश्रो साता लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा थप ऋण प्रवाह गर्न स्रोत प्राप्त भएको बैंकले जनाएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif