Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

सनराइज बैंकको नगद तथा भौतिक सहयोग वेद विद्याश्रमलाई


२०७७ असार ७ गते , आईतवार प्रकाशित

बुढानीलकण्ठस्थित वेद विद्याश्रमलाई सनराइज बैंकले नगद तथा सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा रु. २२५,०००  साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका हुन् । 

देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भए अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको जनाएको छ । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif