Sunday, 29 November, 2020    |    २०७७ मंसीर १४ गते , आईतवार

कास्कुनको सीइओमा आचार्य नियुक्त, नमूनायोग्य संघ बनाउने प्रतिवद्धता


२०७७ असार ५ गते , शुक्रवार प्रकाशित

काठमाण्डौ बचत तथा ऋण सहकारी संघ कास्कुनको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण प्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई कास्कुन सञ्चालक समितिले ३ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो । २०६३ सालमा ईलाममा रहेको सहकारी संस्थाबाट आफ्नो वृत्ति विकास शुरु गरेका आचार्यले सहकारी क्षेत्रमा झण्डै डेढ दशक समय बिताएका छन् । उनले त्यसपछि सिन्धु कण्टेनर साकोस, तातोपानीमा ६ वर्ष, नेफ्स्कुनमा तालिम अधिकृतको रुपमा ३ वर्ष र सामुहिक साकोस, भक्तपुरको सीइओको रुपमा एक वर्ष काम गरिसकेका छन् । सहकारी क्षेत्रमा आचार्यको राम्रो दख्खल रहेको छ । 

कास्कुनको सीइओमा नियुक्त भएसँगै उनले कास्कुनका सञ्चालक र व्यवस्थापन पक्षको एउटै सोच बनाएर अघि बढ्ने बताए । कास्कुनमा आवद्ध संस्थाहरुका सबै प्रकारका आवश्यकता पूरा गर्ने प्रतिवद्धता उनले जनाए । शिक्षा, सूचना र तालिमलाई सदस्यमुखी बनाउने, नीति , विधि र प्रविधिमा संस्थाहरुलाई हिँडाउने र जोखिमरहित संस्था बनाउन कास्कुनले भूमिका खेल्ने उनले बताए । हिजोसम्म बचत र ऋणको मात्र सेवा पाइरहेका संस्थाहरुलाई अब नयाँ नयाँ सेवा दिइने आचार्यले जनाए । 

कास्कुनको सदस्य बनेका तर कुनै पनि सुविधाको अनुभव नगरेका संस्थाहरुलाई पनि समेटेर सेवा दिने योजना उनको छ । कास्कुनले दिन सक्ने जति सेवा दिने र नसकेका सेवाका लागि सहकारीका माथिल्ला निकायसँग समन्वय गर्ने उनले बताए । जिल्लाभर सेवा दिन सेवा केन्द्र विस्तार गरी सबै सदस्य संस्थाको पहुँच पु¥याउन आफूले काम गर्ने उनको भनाइ छ । 

कास्कुनमा क्षमतावान कर्मचारी भएको र आवश्यकता परे कर्मचारी संयन्त्रमा समेत परिवर्तनका साथै विभागीय कार्यविभाजन गरेर सेवालाई अझ चुस्त दुरुस्त र पारदर्शी बनाइ अघि बढ्ने उनको भनाइ छ । व्यवस्थापक र सीइओ दुवै पद रहने र पारस्परिक समझदारीमा संघलाई अगाडि बढाउने उनको योजना छ । आवश्यक परे संघका विनियमावली, नीति, नियम योजना परिमार्जन गरी नयाँ कार्यक्रम थप्ने र अन्य संघसंस्थासँग साझेदारी गरे विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना कास्कुनको छ । 

“परिणाममुखी र देखिने काम अब कास्कुनले गर्छ” उनले भने “सदस्य संस्थालाई प्राविधिक सहयोग देखि मागका आधारमा तालिम सञ्चालन गर्ने दिइनेछ ।” संघलाई मुलुकभर कै नमूनायोग्य संघ बनाउने गरी काम अगाडि बढाउने उनले बताए । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif