Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

एमसीसी खारेजीको माग गर्दै दश दलले गरे विरोधसभा


२०७७ असार ३ गते , बुधवार प्रकाशित

 एमसीसी खारेजीको विरोधसभा

 
    काठमाडौं । हिजो काठमाण्डौ मण्डलामा अमेरिकाको सामरिक रणनीतिक स्वार्थ जोडिएको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेजीको माग गर्दै दश दलीय मोर्चाले बिरोध सभा सम्पन्न गरेका छन् ।

       लकडाउनका बीचमा नै सामाजिक दूरी कायम गर्दै आयोजना गरेको विरोधसभा भव्य रुपमा सम्पन्न भएको थियो । विरोधसभामा बोल्ने नेताहरु नेपाल कम्युनिष्ट पार्टीका सह–अध्यक्ष लोकनारायण सुबेदी, देशभक्त जन गणतान्त्रिक मोर्चाका महासचिब परी थापा, नेकपा (मसाल)का नेता रामप्रकाशपुरी,नेकपा(क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मा नेकपा(माओवादी केन्द्र)का पीबीएम तिलक थापा मगर, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचिव हिमलाल पूरी, नेकपा (माले)का पिबीएम सुरेन्द्र ढकाल, नेकपा(संयुक्त)का यूवा नेता नारायण थापा, जन समाजबादीका पार्टीका उपमहासचिव डम्बर कार्की, राष्ट्रिय जागरण परिषदका नेता सुधिर कर्माचार्यहरुले एमसीसी खारिजन गरिएन भने नेपाल अमेरिकाको कठपुतली र सैनिक अखडा बन्ने कुरामा चिन्ता ब्यक्त गर्दैैको खारेजीको जोडदार माग गरेका थिए । 

   

बिरोध कार्यक्रममा  पुष्पलाल अध्ययन समाजका नेता बोर्णबहादुर कार्की, एमसीसी खारेज अभियानका अभियन्ता आरसी नेउपाने, हाम्रो पार्टी नेपालका नेता ब्रह्माण्ड,नेपाल सर्बहारा माओवादी पाटीका नेता भावना बिद्रोही, यूबा बिद्यार्थी अभियानमा घाइते बिद्यार्थी नेता निरज नबीनले एमसीसी अमेरिकाको सैन्य परियोजना भएको, उक्त सम्झौता सदनबाट पास हुन नदिन १० दलीय मोर्चाले शुरु गरेको आन्दोलन जारी रारिखनु पर्ने र यस सम्झौतालाई खारेज गरेरै छोड्नुपर्ने कुरामा ऐक्यबद्धता जनाउदै अन्यथा  नेपाल अमेरिकाको सैन्य गठबन्धनमा फस्न पुग्ने औंल्याएका थिए । 



     नेकपा(माले)का नेता कृष्ण रानाले सञ्चालन  गरेको यस बिरोध सभाको आयोजना नेकपा (क्रान्तिकारीमाओवादी), नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, राष्ट्रिय जनगागरण परिषद् र नेकपा (संयुक्त)ले संयुक्त रुपमा गरेका थिए ।




 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif