Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

“आइएमई घरमै, रू. १ लाख जितौं” योजना


२०७७ असार ३ गते , बुधवार प्रकाशित

आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड(१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै, रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम ल्याएको छ ।

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङ्क्र्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको आइएमईले जनाएको छ ।  

जेठ ३१ गतेबाट सुरू गरिएको “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख प्रदान गरिनेछ । त्यसै गरी हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिनेछ । योजना असारको अन्त्यसम्म मात्र लागू हुनेछ । 

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त ग्राहकले प्रापत गर्नेछन् । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहित गरिएको आइएमई ले जनाएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif