Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

भक्तपुर बचत संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न


२०७७ असार ३ गते , बुधवार प्रकाशित

भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघले समसामयिक विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मध्यपुर थिमि नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै विशेष अतिथि नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले विद्यमान विषम परिस्थितिमा सदस्यहरुलाई आवश्यकता अनुसार राहत दिनुपर्ने बताए । 

संकटको बेला सामाजिक दुरी अपनाई सहकारी संघसंस्थाले सदस्य र समुदायलाई सेवा पुर्‍याई रहेकोमा उनले खुसी प्रकट गरे । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा अनौपचारिक समितिले प्रारम्भिक संस्थालाई निर्देशन दिन नहुने कुरा बताउँदै औपचारिक निकायलाई नीतिगत सुझाव दिई सम्बन्धित निकायले निर्देशन जारी गराउनुपर्ने उल्लेख गरे । 

बन्दाबन्दीमा भक्तपुरमा रहेका संस्थाहरुसँग संघले आवश्यक कार्यक्रम अगाडि बढाएको र समन्वय सहकार्य गरिरहेको उनले जनाए । 

संघका उपाध्यक्ष हरि बल्लले संघमा सदस्यता वृद्धिका कार्यक्रम अगाडि बढाएको कुरा बताउँदै गैर समुदायमा आधारित सहकारीलाई सहकारी मूल्य मान्यता अनुसार सुधार नगरेमा सदस्यतामा आवद्ध गराउन नसकिने विचार राखे । 

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको सेवा सुविधा, महामारीको अवस्थामा संघले खेलेको भूमिका र संस्थाले खेल्नुपर्ने भुमिकाका बारे कार्यपत्र प्रस्तुत गर्दै उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

संघका कोषाध्यक्ष एंव उपसमितिका संयोजक कान्छा भक्त घजुले कार्यक्रमको सभापतित्व गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । 

सदस्य संस्थाबाट २४ जना प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन सेवा केन्द्रका इन्चार्ज रमेश प्रजापतिले गरेका थिए । 

कार्यक्रममा सेवा केन्द्र प्रभावकारी संचालन सम्बन्धमा सुझाव पनि संकलन गरिएको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif