Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सहकारीको तरलता व्यवस्थापनमा स्थानिय निकायको भूमिका खोजिँदै


२०७७ असार २ गते , मंगलवार प्रकाशित

जिल्ला सहकारी संघ काठमाडौंको आयोजना ‘संस्थाहरुमा तरलता ब्यबस्थापनका लागि स्थानिय सरकारको भूमिका’ बिषयक भर्चुअल मिट सम्पन्न भएको छ । 

कार्यक्रम राष्ट्रिय सहकारी  बैंक लि. को प्राबिधिक सहयोग र चन्द्रागिरी नगर सहकारी समन्वय समितिको समन्वयमा भएको हो । 

उक्त कार्यक्रममा आयोजकको तर्फबाट अध्यक्षता गर्दै जिल्ला सहकारी संघका  अध्यक्ष ज्ञान बहादुर तमाङले  अन्तर्कृयाको आवश्यकता र औचित्य माथि प्रस्ट पार्दै सहकारी सन्चालनमा स्थानिय सरकारको  महत्वपूर्ण  भूमिका रहने र आउँदै गरेको स्थानिय सरकारको नीति  तथा बजेट्मा सहकारी क्षेत्रलाई उल्लेख्य रुपमा सम्बोधन गर्न आग्रह गरे । 

कार्यक्रमको प्रमुख अतिथिको आतित्यथा ग्रहण गर्दै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जिल्ला संघबाट आउने सुझावलाई उच्च सम्मान सहित स्वीकार्ने, नगर भित्रका २ लाख जनसंख्यालाई सहकारीसँग जोड्दै समुन्नत बनाउन उत्पादनलाई रोजगारसँग जोड्ने र नगरपालिकाको तर्फबाट बिऊ पुँजीको ब्यबस्था गर्दै सहकारी मार्फत उत्पादन र रोजगार र ब्यवसाय प्रबर्दन गर्न जिल्ला संघको समन्वयको अपेक्षा गर्नुका साथै आफु पनि सहकारीकर्मी भएकोमा गौरब लागेको बताए । 

काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाले तरलता ब्यवस्थापनमा जिल्ला संघको अहिलेको भूमिका प्रशंसनीय रहेको जनाए । 

कास्कुन अध्यक्ष एवं नेफस्कुनका कोषाध्यक्ष दिपक पनेरुले यस्ता कार्यक्रम जिल्लाभर बिस्तार गर्नुपर्ने र सदस्य संघ संंस्थामा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।




राष्ट्रिय सहकारी बैंक लिका सीइओ बद्री गुरागाईले कार्यपत्र प्रस्तुत गर्दै बर्तमान अवस्थामा तरलता ब्यबस्थापन नै महत्वपूर्ण विषय रहेको बताए । 

उक्त भर्चुअल अन्तत्र्रिmया कार्यक्रम जिल्ला सहकारी संघका नगर उपसमिती संयोजक लेमन श्रेष्ठले सन्चालन गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालकहरु, जिल्ला सहकारी संघ लि काठमाडौंका उपाध्यक्ष खेम सुवेदी, सचिव बालकुमार बास्तोला, चन्द्रागिरी नगर समन्वय उपसमितिका सहजकर्ता रमेश बिडारी, चन्द्रागिरी सहकारी समन्वय उपसमितीका संयोजक केशवराज पौडेल, जिल्ला संघका  ब्यवस्थापक राजकुमार गिरी लगायत चन्द्रागिरी नगर भित्रका १०१ जना सहकारीकर्मीको प्रत्यक्ष सहभागिता रहेको थियो । 

प्रमुख अतिथि सहित सबै सहभागीहरुलाइ धन्यवाद दिदै चन्द्रागिरी सहकारी समन्वय उपसमितिका संयोजक केशवराज पौडेलले कार्यक्रमको समापन गरेका थिए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif