Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

शुभप्रभात साकोसले सदस्यहरुलाई कोरोना बीमामा सहुलियत दिने


२०७७ असार १ गते , सोमवार प्रकाशित

बाह्रबिसे नगरपालिकामा अवस्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको कोरोना बीमा गर्दा छुट दिने भएको छ । कोरोना बीमा गर्न चाहने सदस्यहरुलाई संस्थाले उक्त छुट दिन लागेको हो । एक लाख रुपैयाको बीमा गर्ने सदस्यलाई १ सय रुपैया र ५० हजारको बीमा गर्ने सदस्यलाई ५० रुपैया शुल्क संस्थाले नै तिरिदिने भएको हो । संस्थाको सञ्चालक समितिको हालै सम्पन्न बैठकले सदस्यहरुलाई उक्त सुविधा दिने निर्णय गरेको हो ।

त्यसैगरी संस्थाबाट ऋण लिएका सदस्यहरुका लागि पनि संस्थाले विशेष सहुलियत दिने भएको छ । लकडाउनका कारण व्यापरव्यवसाय बन्द हुँदा आम्दानी ठप्प भएका कारण सदस्यहरुलाई सहुलितय दिने निर्णय गरिएको व्यवस्थापक सुरेन्द्र तिवारीले बताए । संस्थाले चैत्रदेखि असारसम्मको साँवाब्याजसहित किस्ता बुझाउने सदस्यलाई ब्याजमा १० प्रतिशत छुट, पूरै ब्याज र आधा साँवा बुझाउने सदस्यलाई ७ प्रतिशत छुट र ब्याजमात्र बुझाउने सदस्यलाई ५ प्रतिशत छुट दिने निर्णय गरिएको उनले बताए । 

असार २५ सम्म भुक्तानी गर्दा उक्त छुट पाइनेछ भने संस्थाले त्यस अवधिसम्म कुनै पनि हर्जान नलिने जनाएको छ । लकडाउन खुलेको ३० दिन पछि भने हर्जाना लाग्ने जनाइएको छ । 

आफ्नै भवन निर्माणको तयारीमा जुटेको उक्त संस्था सिन्धुपाल्चोक कै उत्कृष्टहरुमध्ये पर्दछ । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif