Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टीको भिडियो बैठक सम्पन्न


२०७७ जेष्ठ ३० गते , शुक्रवार प्रकाशित

  नेपाल कम्युनिष्ट पार्टीको केद्रिय सचिवालयको भिडियो बैठक सम्पन्न भएको छ । दुइ दिन चलेको  बैठकमा राष्ट्रिय अन्तराष्ट्रिय महत्वका महत्वपूर्ण विषयमा छलफल भयो । छलफलले निकालेका निष्कर्षहरू यो वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।
बैठकका निर्णयहरु यस प्रकार रहेका छन् :


(क) कोभिट १९ को संक्रमणबाट विश्व समुदाय आक्रान्त छ । यसबाट उन्मुक्ति पाउनका लागि विश्व स्तरमै वैज्ञानिक प्रयासहरू भइरहेका छन् । कोभिड—१९को कारणले  बिश्वब्यापी वर्तमान पूँजीवादी विश्व व्यवस्था नराम्रोसँँग चर्मराएको र यो मानवीय मूल्य र मान्यतामा आधारित नभएको तथ्य समेत उजागर गरेको छ । यस्तो अमानवीय व्यवस्थाको अन्त्य तथा सुरक्षित र सुनिश्चित मानबीय भबिष्यका लागि विश्वभरका श्रमजीवी जनता एकजुट हुनुको विकल्प नरहेको बैठकले निष्कर्श निकालेको छ ।


(ख) नेपाल राज्य र सरकार पनि कोभिड– १९ लाई ख्याल ठट्टाको विषय बनाउने र कमाउ धन्दाको काममा मग्न छ । जाँच, उपचार सामग्री, क्वारिन्टिन, आइसोलेशन र आसियुको जस्ता अति आवश्यकीय पक्षमा सरकारको भरपर्दो र बिश्वनीय उपस्थिति देखिदैन । संक्रमितहरूलाई घर पठाइएको अवस्था छ । यसरी सरकारी पक्षबाट जनताको स्वास्थ्यमा खेलवाड गरिदैछ । हाम्रो पार्टी सम्पूर्ण जनताको स्वस्थ्य र सुरक्षाको जोडदार माग गर्दछ र बन्दाबन्दीमा रहेका सम्पूर्ण श्रमजीबी मजदुर र किसानको खाद्य तथा रोजगारी सुरक्षाको प्रत्याभूति गर्दै तत्काल उनीहरूलाई राहात स्वरूप रू ५ हजार प्रदान गर्न र कम्तिमा आगामी एक बर्षसम्मको लागि आम जनताका लागि आबश्यक खाद्य पदार्थ जोहो गर्न र सार्वजनिक बितरण प्रणालीको माध्यमबाट जनताको पहुचमा निष्पक्ष किसिमले पु¥याउन जोडदार माग बैठकले गरेको छ ।


(ग) रोगको कारण भन्दा बन्दाबन्दीका कारणले ज्यान गुमाउनेको संख्या हजार नाघिसकेको अवस्थामा, काम गरेर गुजारा गर्न नसकिरहेको अवस्थामा सरकार काम गरेर बाँच्ने अवस्था बनाउ र किसान र श्रमिकहरुलाई सुरक्षित किसिमले काम गर्ने बन्दाबन्दीको बैज्ञानिक बैकल्पिक उपाय अबलम्बन गर्न पनि बैठक जोडदार माग गरेको छ ।


(घ) आम जनताको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गरी उद्योगधन्दाहरु सञ्चालन गर । निजी शिक्षा र स्वास्थ्य क्षेत्र  राष्ट्रियकरण गरिनु पर्दछ भन्ने हाम्रो पार्टीको प्रष्ट दृष्टिकोणलाई कोरोना महामारीको अहिलेको स्थितिले बिश्वब्यापीरुपमा अझ प्रष्ट पारेको छ । यस स्थितिमा देश लकडाउनमा रहिरहेको बेला पठन पाठनको बैकिल्पिक ब्यवस्था रेडियो, टेलिभिजन, अनलाईन लगायत दूरशिक्षाको पठन पाठनको समुचित ब्यवस्था गर्न आम बिद्यूतिकरण, सौर्य ऊर्जा र इण्टरनेटको प्रभावकारी उपयोग गर्ने स्थिति निर्माण गर्न बैठकले बिशेष माग गरेको छ 


विदेशिन बाध्य बनाइएका देशका ऊर्जाशील यूवा शक्तिले पठाएको पैसा गर्बकासाथ सम्झने तर उनीहरुका समस्या नसम्झने कृतघ्न प्रबृत्तिको घोर बिरोध गर्दै काम र माम बिमुख बन्न पुगेका र नेपाल फर्कन बाहेक अरु बिकल्प नभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुलाई  तुरून्त स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था गर र  उनीहरूको स्वस्थ्य र रोजगारीमा विशेष ध्यान देऊ भन्ने यो बैठकले बिशेष जोड दिएको छ 


(क) रूकुममा भएको जातिवादी विभेदमा आधारित जघन्य हिसा जस्ता घटना हुने अवस्थाको अन्त्य गर । दोषीलाई कार्वाही गर । पीडितलाई क्षतिपूर्ति प्रदान गर । जातीय विभेदमा आधारित राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धमा रहेका सम्पूर्ण अव्यवस्थाको  अन्त्य गर  भन्ने प्रस्ताब पनि बैठकले पारित गरेको छ ।


(ख) अमेरिकी काला जाति लगायतका मानिसहरूलाई गरिने क्रूर हत्या तथा चरम विभेदको घोर विरोध गर्दै शोषण र विभेद विरूद्ध सडकमा उत्रिएका अमेरिकी जनताको न्याय र समानता  स्थापनाको लागिको संघर्षप्रति यो बैठकले हार्दिक ऐक्यबद्धता जाहेर गरेको छ ।


अमेरिकी साम्राज्यको दीर्घ जीवनको आधार मानिएको उसको व्यापार र सुरक्षा केन्द्रीत बिश्व रणनीतिको एक महत्वपूर्ण अंगको रूपमा रहेको एमसिसिसंग सम्बन्धित सवै सम्झौता खारेज गर्न र यसले नेपाललाई अनुदानको लोभमा बाह्य शक्तिको हित हुने र नेपाललाई अखडा बनाउन खोजेको स्थितिसँग कुनै  प्रत्यक्ष परोक्ष सहमति नगर्न र नेपालको असंलग्न र सबै मित्रराष्ट्रहरुसँग सम–मैत्री सम्बन्ध कायम राख्ने परराष्ट्र नीति र स्वाधीनताको रक्षा गर्न सम्पूर्ण न्यायप्रेमी जन समुदाय र तिनलाई प्रतिनिधित्व गर्ने सबै सच्चा देशभक्त जनबादी र क्रान्तिकारी बुद्धिजीवी तथा राजनीतिक शक्तिहरुलाई आह्वान गर्ने निष्कर्श पनि बैठकले निकालेको छ ।



यो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वजेट नेपाली जनतालाई ‘हाति आयो हाति आयो फुसा’ भनेझैं छ । सरकारको सुखी नेपाली र समृद्ध नेपालको अवधारणा साचो अर्थमा ‘सुखी नेता, र समृद्ध सरकार’ जस्तोरुपमा मात्र चरितार्थ भएको छ । जननिर्वाचित सरकारलाई कमसेकम आफ्नो न्यूनतम मर्यादामा रहन देश र जनताप्रति जवाफदेही हुन पनि आग्रह गर्दै सरकारले चालु अधिवेशनबाटै सांसद बिकास कोष खारेज गरेर त्यसलाई कोभिड–१९ नियन्त्रण कोषमा परिणत गर्न, बिशिष्ठहरुलाई दिएको सुबिधा र भत्ताहरु कटौति गर्न जनता राष्ट्रको हितमा भ्रष्टाचारहीत र किफायती ढंगले राजनीति र प्रशासनलाई बिकास निर्माणमा प्रयुक्त गर्न जोडदार माग गर्दछ ।



राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीवीकाको पक्षमा दश दल लगायतले चलाइरहेको संयुक्त आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै सम्पूर्ण जनतन्त्रप्रेमि क्रान्तिकारी शक्तिलाई जनता र राष्ट्रको दूरगामी हितमा थप एकताबद्ध हुन बैठकले बिशेष जोडकासाथ हार्दिक आह्वान गरेको छ ।



७. जनघात तथा राष्ट्रघात तथा कोभिड–१९ ले देश र जनतालाई आक्रान्त पारेको बेलमा समेत भ्रष्टाचारमा चुर्लुम्म डुवेको दुर्गन्ध आइरहेको बर्तमान सरकारीपक्ष तथा प्रतिपक्षहरूको सूचिमै नरहेको मातृभूमि  नेपालको पूर्ण नक्शा सरकारको तर्फबाट सार्वजनिक गर्नुपर्ने अवस्थामा पु¥याउन बाध्य बनाउने संघर्षमा होमिनु भएका सम्पूर्ण राजनीतिक दल, संघ, संघठन, सबै सचेत नागरिकहरूमा नेपाल कम्युनिष्ट पार्टी हार्दिक अभिवादन गर्दछ  र सरकारलाई लिम्पियाधुरा कालापानीमा रहेका भारतीय सेना हटाइ नेपालको प्रशासन स्थापना गर्न र जनता र देशको सुरक्षा गर्न तथा नेपालको सीमाका अन्य क्षेत्रमा भारतद्वारा गरिएको बर्षौंदेखिको सीमाका अतिक्रमित भूभागबाट भारतीय पक्षलाइ हटाई खुल्ला सीमा ब्यबस्थित नियमित गर्ने याबत उपयाहरु गर्न बैठकले बिशेष जोड दिएको छ ।
वर्तमान राज्यव्यवस्थाले नेपालमा रहेका सानोभन्दा सानो जनता र राष्ट्रका समस्याहरू समाधान गर्न नसक्ने तथ्य सवैका सामु प्रष्ट भइ नै सकेको छ । आज जनता र राष्ट्रको अस्तित्व र अस्मिता नै संगीन संकटको सघारमा पुग्न लागेको छ । यस्तो गम्भीर स्थितिमा  जनवादी गणतन्त्र स्थापनार्थ एकजुट हुन समेत यो बैठकले  देशको आमूल अग्रगामी उन्नत परिबर्तनको पक्षमा रहेका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट तथा जनबादी शक्ति र समूह तथा ब्यक्ति बिशेषलाई बिशेष आह्वान गरेको छ ।



ऋषिराम कट्टेल संयोजक  नेपाल कम्युनिष्ट पार्टी २०७७ जेष्ठ ३०  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif