Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

तरलता व्यवस्थापनमा सघाउन काठमाण्डौ जिल्ला संघको विपद् कोष


२०७७ जेष्ठ ३० गते , शुक्रवार प्रकाशित

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसबाट बच्न सरकारले गरेको बन्दाबन्दीका कारण सहकारी क्षेत्रमा पनि असर परेको छ । कारोबार नियमित नहुँदा  तरलता व्यवस्थापन गर्न कतिपय संस्थाहरुलाई समस्या आउन सक्ने आँकलन बजारमा गरिएको छ । .

त्यस्तो परिस्थिति सिर्जना भएमा त्यसलाई व्यवस्थापन गर्नका निम्ति नयाँ उपाय अवलम्बन गर्न विशेषतः सहकारीका छाता संगठनहरुको भूमिका महत्वपूर्ण रहन्छ । समाजमा सहकारीको साखलाई जोगाइराख्न र सदस्यको विश्वास कायम राखी सहकारीको कारोबारलाई सहज बनाउन संघहरुले भूमिका खेल्न आवश्यक छ । 

त्यसतर्फ सहकारीका केन्द्रिय संघ, जिल्ला संघ र विषयगत संघहरुले चासो देखाउन थालेका छन् । विगतमा निष्क्रिय जस्तै रहेको काठमाण्डौ जिल्ला सहकारी संघले पनि विपद्को समयमा आफ्नो भूमिकालाई बढाएको छ । सहकारी अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता एवं सहकारी बैंकका सञ्चालक ज्ञान बहादुर तामाङ जिल्ला संघको नेतृत्वमा आएसँगै संघ थप क्रियाशील बनेको छ । जिल्ला भरका सहकारीको नेतृत्व लिएका अध्यक्ष तामाङ संघलाई पारदर्शी र सदस्यमुखी बनाई मुलुकभरको सहकारी अभियानमा उदाहरणीय, सबल, सक्षम र नमूना संघ बनाउने योजनाका साथ अघि बढेका छन् । 

कोरोनासँगै शुरु भएको बन्दाबन्दी पछि संघमा आवद्ध सदस्य संस्थाहरुका बारेमा जानकारी संकलन गर्ने देखि उनीहरुको जोखिम व्यवस्थापनमा समेत संघले सघाउने भएको छ । 

आफ्ना सदस्य संस्थाहरुलाई पर्न सक्ने कठिनाई एवं तरलता व्यवस्थापनमा सघाउ पु¥याउन संघको हालै सम्पन्न सञ्चालक समितिको भच्युर्अल बैठकले ५ सदस्यीय विपद् व्यवस्थापन उपसमिति गठन गरेको छ । 

उक्त उपसिमितिको संयोजकमा संघका महासचिव मनोज भण्डारी रहेका छन् भने कोषाध्यक्ष सीता भट्टराई र सञ्चालकहरु सुदर्शन थापा, रमेश विडारी र हेमबहादुर कार्की सदस्य रहेका छन् । सोही बैठकले सचिव बालकुमार बास्तोलालाई जिल्ला संघको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । 

बन्दाबन्दीको अवधिमा पनि सहकारीका समस्याका बारेमा सदस्य संस्थासँग जानकारी लिएको र अप्ठेरोमा परेका सहकारीहरुका लागि जोखिम व्यवस्थापन कोष खडा गरी तरलता व्यवस्थापनमा सघाउन संघ अघि बढेको प्रवक्ता बास्तोलाले नेपालपत्र न्यूजलाई बताए । उनले भने “गत पौषमा सम्पन्न भएको साधारणसभाबाट  व्यवसायिक र अनुभवी व्यक्तिहरु संघको सञ्चालक समितिमा चुनिएका छन् । संघ विगतको जस्तो निष्कृय रहँदैन, सदस्य संस्थाहरुको आवश्यकता पूरा गरेर अघि बढ्छ ।”

सहकारी क्षेत्रमा विगतको जस्तो तरलता अभावको समस्या हुन नदिन संघले जोखिम व्यवस्थापन कोषको व्यवस्था गर्न लागेको हो । उनले थपे “सहकारीहरु बाटै कोष खडा गर्ने र सोही कोषबाट तरलता अभाव भएका संस्थाहरुलाई सापटीको रुपमा उपलब्ध गराउने हो ।” यसका लागि जिल्लामा भएका सहकारी संस्थाहरुलाई कारोबारका आधारमा बर्गीकरण गर्ने र तिनै संस्थाबाट विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्न लगाउने उनले बताए । 

त्यसका साथै सदस्य संस्थाको तरलता र वित्तीय व्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकसँग समेत मिलेर काम गर्ने रणनीति संघले अघि सारेको छ । संघले खडा गर्ने यो कोषबाट सहकारीहरुको तरलता व्यवस्थापनमा केहि हदसम्म सहयोग पुग्ने विश्वास लिइएको छ । यसका लागि संघले कार्यविधि बनाउन शुरु गरेको र साउन महिनाबाट कार्यान्वयनमा लगिने प्रवक्ता बास्तोलाले बताए । यो कोष कार्यान्वयनमा आएपछि संघमा आवद्ध सदस्य संस्थाहरुलाई तरलताको समस्या परेमा व्यवस्थापनका निम्ति सहयोग मिल्नेछ भने संघप्रति प्रारम्भिक संस्थाहरुको विश्वासमा वृद्धि हुँदै जाने उनको अपेक्षा छ । बन्दाबन्दी खुकुलो भएपछि व्यापक रुपमा छलफल चलाउने र कोष व्यवस्थापनमा केन्द्रित हुने उनले जनाए । 

सहकारी अभियानमा जोखिम बढी भएको जिल्लाको रुपमा रहेको काठमाण्डौलाई यो कोष स्थापना पछि जोखिम न्यूनिकरणमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ । प्रवक्ता वास्तोलाले थपे “संघको नयाँ टिम निष्क्रिय भएर बस्दैन, रचनात्मक र सदस्य संस्थाको प्रवद्र्धनमा क्रियाशील हुन्छ ।” अहिले पनि संघले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति लबिइङ र एड्भोकेसीलाई अगाडि बढाइरहेको छ । सहकारी क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्नका निम्ति बागमती प्रदेश, काठमाण्डौ महानगरपालिका र अन्य नगरपालिकाहरुमा संघले आफ्ना माग प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा सहकारीलाई समावेश गराई बजेट विनियोजन गराउन सके सहकारीमार्फत धेरै काम गर्न सकिने उनको धारणा छ । स्थानीय तहका मेयर, उपमेयर र सहकारी हेर्ने निकायसँग नीतिगत रुपमा नै सहकारीलाई समेट्न प्रयास संघले गरिरहेको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif