Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

सहकारी बैंकले बचत र ऋणमा दुई प्रतिशतसम्म ब्याज घटाउने


२०७७ जेष्ठ ३० गते , शुक्रवार प्रकाशित

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले लकडाउनका कारण परेको समस्यालाई मध्यनजर गरी जेठ मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट दिने तथा असार १ गतेदेखि लागु हुने गरी बचत र कर्जामा २ प्रतिशत सम्म ब्याज घटाउने निर्णय गरेको छ । 

त्यसैगरी बैंकले प्रमुख कार्यकारी अधिकृत सिए बद्री कुमार गुरागाईंको कार्यकाल आगामी ४ वर्षका लागि थप गर्ने एवं बैंक र नेफ्स्कुनबीच सहकार्य अनुसार साझा मार्गचित्र परिमार्जन निर्णय गरेको छ । 

बैठकमा बैंकको समसामियक अवस्था, लकडाउनका कारण उत्पन्न परिस्थिति र बैंकका तर्फबाट भएका समन्वय र सहकार्यका विषयमा बैंकका अध्यक्ष के।बी।उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी गराएका थिए भने बैंकका सञ्चालकहरु, लेखा समितिका संयोजक तथा सदस्यहरुले आ–आफ्ना जिज्ञासा र सुझाव राखेका थिए । 

हाल सम्म बैंकका शेयर सदस्य १२ हजार, शेयर रकम २ अर्ब ६ करोड, निक्षेप ३० अर्ब ९६ करोड, कर्जा लगानी २२ अर्ब ५० करोड र नाफा ४२ करोड रहेको छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif