Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बिन्धवासिनी साकोसले शुरु गर्‍यो पूर्णकालिन सेवा


२०७७ जेष्ठ ३० गते , शुक्रवार प्रकाशित

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आजबाट मुख्य कार्यालय सहित सबै सेवा केन्द्रहरुबाट पूर्णकालिन सेवा दिन शुरु गरेको छ । 

कोरोना भाइरसको महामारीबाट सुरक्षित रहन सरकारले गरेको बन्दाबन्दीका कारण विगतमा आंशिक रुपमा मात्र कार्यालय खोली अत्यावश्यक सेवाहरु प्रदान गर्दै आएकोमा मन्त्री परिषद्को हिजोको निर्णयले बैंक, वित्तीय संस्था र सहकारीहरुलाई पूर्ण रुपमा सेवा सुचारु गर्न सक्ने निर्णय गरेकाले सोही अनुसार कार्यालय खोलिएको प्रमुख व्यवस्थापक केबी लामा स्याङतानाले बताए । भाइरसबाट जोगिन आवश्यक दुरी कायम गर्नुका साथै सुरक्षाका आधारभूत मापदण्ड अपनाई सेवा दिन थालिएको उनले बताए । 

संस्थाले आजबाट ऋण लगानी लगायत सम्पूर्ण सेवा सुचारु गरेको छ । साथै विषम परिस्थितिमा घरबाटै नगदरहित कारोबार गर्न सक्ने गरी निःशुल्क मोबाइल बैंकिङ सेवा र मिस्डकल बैंकिङ सेवाहरु शुरु गरेको र सदस्यले सो सुविधाको अधिकतम उपयोग गर्न पनि उनले अपील गरेका छन् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif