Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

हाम्रो महाशिलाले विश्व सम्पदामा नाम लेखाउला ?


२०७७ जेष्ठ २८ गते , बुधवार प्रकाशित

शरण विक्रम मल्ल,
माझ्घर लुंखु, महाशिला -६ पर्वत
    १९औ शताब्दीको मध्यदेखि विश्वमा, सम्पदा, विरासत भनौ या धरोहर (Heritage) सांस्कृतिक र प्राकृतिक चर्चाका विषय भएको पाइंछ। सन २०१२ मार्च सम्म विश्व सम्पदा सूचिमा १५३ देशबाट ९३६ सूचिकृत भएकोमा ७२५ सांस्कृतिक १८३ प्राकृतिक र २८ मिश्रित प्रकृतिका रहेका छन । प्राकृतिक सम्पदा (Natural Heritage)  भनौ या  प्राकृतिक धरोहर या विरासत त्यो  जैव विविधताको योग हो जसमा जीव-जन्तु, वनस्पति, पर्यावरण तंत्र (Eco-system), भूबैज्ञानिक समरचना निहित हुन्छ । भवन, मठ मन्दिर, मूर्ति, नगर आदि मानवनिर्मित सांस्कृतिक र प्रकृतिको उपहार माथि मानिसले आफ्नो शिप मिसाइ बनाईएकोलाई मिश्रित परिभाषित गरिएको पाईन्छ । अव विरासत या सम्पदाको चर्चा गर्दा त्यो हो जुन बिगतका पुस्ताहरुले वर्तमानसम्म जस्ताको त्यस्तै सुरक्षित राखेर ल्याई पूर्याएको र भावी संततिलाई तलमाथि नगरि नासोको रुपमा हस्तान्तरण गरिने कार्य हो । 

संरक्षण आँगन देखि गाऊँ-टोल, देश हुदई वैश्विक रूप लिने हो । आँगनमै सुरक्षित नहुंदा अगाडि सम्मको यात्राको कल्पना गर्न सकिदैन । संयुक्त राज्य अमेरिकाका ज़िम्मी कार्टरले आफू जर्जियाको गभर्नर हुंदा जर्जिया सांस्कृतिक एवं प्राकृतिक सम्पदा संरक्षण ट्रस्ट शुरूगरेका थिए । यसैलाई सन १९६६मा तत्कालीन अमेरिकी राष्ट्रपति लिंडोन जानसनले यस सम्बन्धमा सेनेटबाटै कानुनी मान्यता दिने कार्यगरे पश्चात सम्पदाहरुले वैश्विक रूपमै चर्चा र मान्यता स्थापन कार्यमा व्यापकता पाउन थाले। सवै भँदा चेतनशील प्राणी मानिसले आफ्नो स्वर्थ शिद्ध गर्न ख़ातिर, कर्णप्रिय शब्द विकासको नाममा प्रकृति माथिको क्रूरतापूर्ण आक्रमणका कारण प्राकृतिक सम्पदा दिनप्रतिदिन नष्टभै  आफ्नो अस्तित्व गुमाऊँन पुगेका छन ।अहिले आएर मानिसले लामो अनुभव र खोजबाट बिकासलाई प्रकृति , वातावरण मैत्री विकास हुनु स्वयं मानव अस्तित्वको लागि आवश्यकता रहेको अनुभव गरी सम्पूर्ण जीव-जन्तु, वनस्पति यवं प्रकृतिप्रदत्त संपदाको संरक्षणको क़ुरा चर्को रुपमा उठाई रहेको छ । जैविक एवम प्राकृतिक विविधताले भरिपूर्ण नेपालमा पनि जनाधारतहबाटै यस दिशामा सकारात्मक प्रयास भैरहेका छन । 

नेपालका चार ठाऊँले विश्व सम्पदा सूचीमा स्थान पाई सकेका छन भने बाँकी १५ स्थानहरु विश्व सम्पदा सूचीमा पर्ने परखाईमा छन । स्वीकृत प्राप्त मध्य दुई प्राकृतिक र दुई सांस्कृतिकमा पर्छन । सोलूखम्बु ज़िल्लामा पर्ने सगरमाथा राष्ट्रीय निकुंज र चितवन राष्ट्रीय निकुंज प्राकृतिक यसरीनै काठमाण्डू उपत्यका र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक सम्पदाहरु हुन । निर्णयकों प्रतीक्षामा बसेका १.मध्ययुगिन पनौती परिसर २.प्राचीन शाक्य बंशिय राजधानी, तिलौरा कोट ३. मुक्तिनाथ उपत्यका मानव निर्मित गुफा ४.गोरखा दरवार ५.रामग्राममा अवस्थित बुद्ध स्तूपाको अवशेष ६.खोकनाको स्थानीय भाषिक गाऊँ र कोलमा तोरीक़ो तेल पेल्ने उद्धोग सम्पदा ७. मध्ययुगिन माटोंको गार्होबाट निर्मित लो-मंथाँग नगर, मुस्तांग ८. बज्रयोगिनी र खोकनाको प्राचीन बस्ती ९. मध्ययुग़िन कीर्तिपुरको वस्ति १०.रूरूक्षेत्र चोंकको ऋषिकेश परिसर ११. नुवाकोट दरवार परिसर १२. राम-जानकी मन्दिर, जनकपुर १३. मध्ययुगिन पाल्पा बजार १४. सिंजा उपत्यका, जुम्ला र १५.दैलेखको भ्रति मन्दिर सबै सांस्कृतिक धरोहरहरु रहेका छन । 

महाशिला गाऊँपालिका सिंगो प्राकृतिक-जैविक-सांस्कृतिक विविधताले भरिएको देशकै सानो, सुन्दर, अग्रणी खुला संग्राहलय हो भन्दा अत्युक्ति नहोला । साल, कटुस, चिलाऊने, पैयु, उत्तिस, मल्लातो, लाँकुरी,दारगिठी, वर-पीपल-शमी, टुनी, वोखर, चाँप, सल्ला, गुराँस आदिदेखि नेवारो, गोभान, कटमेरो, दूधिलो, खन्यु , बाँस-निगालो, खर्सु जस्ता अनगिनती दूधालु डालेघाँसका रूखहरू पाइंछ । सटुवा जस्ता दुर्लभ जडीबूटीहरु, सुँतला, निबुवा, बेलाउती, कागती, अलैची, ओखर, नास्पति, अंगुर आदिको ब्यासायिक खेती गर्न सकिने, धान मकै कोदो, ग़हुँ,भटमास, फापर, तोरी, आलू आदि अन्नवालि र विविध तरकारी खेतीकोलागि ऊब्ज़ाउ भूमि, मृग , चित्तल विभिन्न प्रजातिका पशु, पंक्षी विचरण गर्ने खाडी-चिसापानी, गोर्ल्यांग , दान्सिंगका बाक्लो जंगल, लियाड़े, गोपिनी , हलोगाड़े येक्काने चरान क्षेत्र, प्रशिद्ध पैयुँ खोलाको उदगम स्थल, कलकल  निर्मल पानी बग्ने सयौं खोला खोल्सी महाशिला गाऊँ पालिकाका अलौकिक विशेषता हुन । 

हाम्रो लाली गुराँसकों प्राकृतिक बगैंचा लोपन्मुख अवस्थामा छ र चाँप , हाडे-ओखरका बिशाल वृक्षहरु डाइनोसरका कथा जस्तै भए। लाली गुराँसको बगैचाको संरक्षण भए सम्पदा बाच्थ्यो।  ढाँडका ढुंगा जोगाउन सके बिशाल रकगार्डेनको सम्भावना अद्यापि छदै छ। 

प्राकृतिक, सांस्कृतिक संपदाको क़ुरा गर्दा चौबीसे सेनवंशीय राजाको दरवार पैयुँकोट, पूर्वी किल्ला धुवाँकोट, दर्जनौ मठ-मन्दिर, महायोगी स्वामी नारायणले योगध्यान गरेको पवित्र महाशिला, राजा भरतले तपस्या गरेको भरत तपस्वी-गंगाधर गुफा, महाकाली शक्तिपीठ गुफा, देउराली डांडा शिवालय, चिसापानी काली, बसाह अवतार दुकतान, बौद्धमन्दिर लामे, बालारानी देबी बालाकोट, एतिहाँसिक गोलीहानेको ढ़ूँगा पर्यटकलाई लोभ्याउने महाशिलाका अद्वितीय सम्पत्तिहरू संरक्षण र सम्वर्धनको पर्खाइमा छन्। धुवाँकोटे फलामखानी, भोक्सिंगको तामा खानीको पनि बिशेष महत्व छ । 

महाशिलालाई हामी कसरी हेर्दैछौ ? 

यस लेखनमा सिंगो महाशिलाको गाऊँपालिका नभै केवल महाशिलाको श्रिंगारको संदर्भमा मात्र आफ्नो बिचार साझा गर्ने प्रयास गरिरहेको छु । अब प्रश्न उठछ हामीले महाशिलालाई कसरी लीईरहेका छौं ? यसको महत्वलाई कसरी प्रस्टाउन खोजिरहेका छौं ?  केवल यो पाखामा लड़ेको ढूँगो मात्र हो या हिन्दु धर्म- संस्कृतिमा विश्वास राखनेहरुको आस्थाको धरोहर अथवा फ्याकिएको ढ़ूँगो कुँदी मूर्तिबनाई प्राणप्रतिष्ठा गराई विश्व चर्चित बनाऊँनेहो ? मलाई लाग्छ पृथ्वीको उत्पत्ति सगै अस्तित्वमा आएको यो बिशाल भीमकाय शिलालाई हाम्रा पूर्वजले आफ्नो चेतना र ज्ञानको आधारमा जेजे नामले बोलाए पनि महाशिलालाई आफ्नो आस्थाको धरोहर मानेका थिए र निरन्तरता दिई नै रहेका छन् । यसलाई मानव काल्याणको लागि प्रकृतिले हामीलाई दिएको मूल्यवान सम्पत्तिको रुपमा आत्मसात् गरी गहिरो आस्था र भक्तिका साथ यो विरासत सुरक्षित राखने संस्कृतको विकास गरिरहेको अनुभूति जो कोहिले पनि गर्न सक्दछ। । महाशिला, स्थानीय गाऊँ पालिकाको निमित्त मात्र होईन यस क्षेत्रको एकीकृत पर्यटकीय विकासको लाग़ि कड़ीको भूमिका निभाऊने छ । यसमा भारतीय धार्मिक पर्यटकहरुलाई सेतीवेणीको महाशालिग्राम हुदै मुक्तिनाथ सम्म पूर्याउने महत्व पूर्ण आधारहरु रहेको कुरा चर्चा उठिरहेको छ। 

श्रीमहाशिला कै नामबाट गाऊँपालिकाको नाम समेत राखिनुले पनि महाशिलाको महिमा मुलुक भित्र बढ़दो क्रममा छ । मुलुकमा पर्यटन वर्षको चर्चा चलिरहेको अवस्थामा राज्यले पर्यटकीय   थप एकसय स्थलहरूमा महाशिला सूचिकृत गर्नु, २०२० जनवरी ११मा राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको पहलमा स्पेनका संस्कृति, पर्यटन तथा खेल मन्त्री नुरिया फ़्लोरेंस रेडोंडोले महाशिलाको दर्शन गर्नु, नेपाल सरकारको हालको बजेट कार्यक्रममा  कार्कीनेटा-लुंखु देउराली -पैयुँ दरवार कोट-सेतिबेनी हुदै काली गण्डकी करिडोर राजमार्ग सम्मको पक्की सडक निर्माण बजेट बिनियोजन हुनुमा स्थानीय जनता, समाजसेवी र गाऊँपालिकाका पदाधिकारीहरुको महाशिला प्रतिको बढ़दो सक्रियताको महत्वपूर्ण भूमिका रहेको बुझनु पर्दछ । 

हालका दिनमा महाशिलालाई कसरी नेपालमा मात्र होईन विश्वमानै सुविख्यात कसरी बनाउन सकिंछ भन्ने चर्चा परिचर्चा चलिरहेको छ जुन अति सकारात्मक कुरा हो । सामाजिक संजालमा चलेका विविध बहसले देशभित्र र बाहिरसमेत हिजो सम्म यसको नामै नसूनेकाहरूले पनि महाशिला सच्चीनै के रहेछ त भन्ने जिज्ञंशा राख्न थालेको पाइएको छ, यो हाम्रो लागि गौरवको कुरा हो । यस बेला व्यापक रुपमा महाशिलाको महिमा प्रचारित गर्नु जरूरी छ । गण्डकी सभ्यताको अग्रिणी अलिखित महाशिला क्षेत्रको महान भूमिकालाई उजागर गर्नु  सबैको दायित्व भएर आएको छ।

महाशिलालाई कसरी आकर्षक बनाउन सकिंछ ?


अहिले महाशिलालाई कसरी आकर्षक बनाउन सकिंछ, कसरी श्रिंगार-पटार गर्न सकिंछ जसले यिनको महिमा पनि वृद्धिहोस र बिश्वभरबाट हिन्दु तीर्थ यात्रीहरूले यिनको रूप हेर्नमात्र भए पनि तीर्थाटन गरुन । महाशिलालाई नै विशाल मूर्तिआकार किन नदिने ? अर्कों बिचार छ यसलाई छिनो, घन,रेती केही लगाऊनु हुदैंन यसले महाशिलाको मौलिकता, प्राकृतिक स्वरूप नै नष्ट हुंछ । यद्यपि पहिलो सोचाईको गहिराई र पवित्रता माथि कुनै शंका ममा छैन तापनि मेरो दोश्रो मतसंग सामीप्यता रहेको छ ।   विज्ञ म नभएकोले केही अनुभव र विचार मात्र राखन चाहेको छु । महाशिला स्वयम शिवजीको अवतारको एउटा स्वरूप हाम्रो समाजले मानदै आएको हो, यो आस्थाको कूरा हो , आस्थाका कारण एक निर्जीव वस्तुले पनि सिंगो समाजलाई प्रेरित गरिरहेको हुंछ, शक्ति दिईरहेको हुंछ । आस्था सिंगो समुदायको धरोहर हुन्छ । महाशिला फगत एउटा ठूलो ढ़ूँगा हो यसलाई कुँदेर देउता बनाऊँछु भन्ने किसिमको अर्थ निस्कने हाम्रा गतिविधिले पुस्तापुस्ता देखिको महाशिला माथिको समाजिक आस्थाको विरासत खण्डित हुनेछ । आस्था र विस्वास खण्डित हुँदा समाज विकासमा अवरोध सिर्जना हुने ठुलो सम्भावना रहन्छ।  यसैले सामिजिक अभियान्तहरु यस प्रति धेरै चनाखो र संवेदन हुनु जरुरत हुन्छ।   पत्थरलाई कुदेर मंदिरको देवता स्थापित गरेको पढ़ेको छु तर देउता मानी पुस्तौपुस्ता देखि आस्था र विश्वास बिसाएको कुनै पहाड़ पत्थरलाई सुन्दरबनाउने संदर्भमा कुदेको कथा भने म सहि हुन नसक्छु पनि, यस्तो सुनेको, पढ़ेको छैन ।   अब प्रश्न फेरि महाशिलालाई कसरी सिगारने ?   वरिपरी बगैचा बनाऊँ । बगैचामा लालुपाते, गुराँस,सुनगाभा , टिमूर, चूत्रो, ऐसलु, सिल्टीमुर, धूपी, ओखर, रुद्राक्ष रंगीबिरंगी मौसमी फूलरोपी मगमग वातावरण बनाउँ,  विविन्न चराचुरुंगीको चिरवीर र रंगी विरंगी पुतली, माहुरी, भावंराको गुनगुन गुञ्जने छ। । झरना-फोहरा बनाऊँ ,बगैचा घूमन गोरेटो बाटो बनाऊँ, ठाऊँठाऊँमा विश्राम गर्नलाई चौपारी बनाऊँ चौपारिमा वर-पीपल-शमी रोपौ । महाशिलालाई पृष्टभागमा देखिने गरी महाशिला प्रति गहिरो आस्था र विश्वास राख्नेले मात्र होइन चरम भौतिक बादी युवा जोड़ीले पनि सेल्फ़ी लिउन ।   फेरि पनि श्रिंगारकै क़ुरा गर्दा म आठ-दश वर्ष अगाडि सपरिवार भक्तपुर ज़िल्लाको दक्षिण-पूर्वी भागमा पर्ने सूर्यविनायक नगर पालिका भित्र अवस्थित डोलेश्वर महादेवको नाममा आयोजित महायज्ञको अवसरमा दर्शन गर्न पुग़ेको थिएँ । डोलेश्वर महादेवलाई भारतको उत्तराखण्ड अवस्थित केदारनाथको शीर भएको बिश्वास गरिन्छ । मन्दिर भित्र ठूलो-डोको जत्रो प्राकृतिक शिला रहेछ, त्यसको शीर्षभागमा चाँदिको पाताको तेर्सो तीन धर्के टीका आकार र बीच एक नेत्र आकार (महादेवको तेस्रोआँखा) बनाइको रहेछ । शिलाको प्राकृतिक स्वरूप यथावत थियो । यसको सुन्दरता अदभुत थियो ।   अब हामी कल्पना गरौ , हाम्रो महाशिलालाई कुनै एक शीर्ष भागमा शिवजीको लिलाट मानी धेरै परबाट देखन सकिने भव्य चाँदीको बिचमा शिवजीको पटल बंद तेस्रो चक्षु आकारको तेर्सो तीन धर्के चाँदीरूपी विभूति लगाई दिदा कस्तो हूँदो हो ?    शिवजी त्रिनेत्रधारी रौद्ररूपी मात्र होईनन, सर्वकल्याणकारी शशिधर शिवको अर्कों नाम भएकोले शीरमा अर्धाकार चन्द्रमाको आकारको आभूषणले पनि शिंगारन पाए महाशिलाको भव्यता कस्तो हुँदो हो ? साथै डंबरू सहितको विशाल त्रिशूल ठडयाऊदा महाशिलाको दिव्य, भव्य आकर्षक स्वरुप देखिन्थ्यो होला ?    अब म अन्तिममा महाशिला लगायतका भरत तपस्या-गंगाधर गुफा, चिसापानी काली, पैयुँ दरवार कोट आदि जेजती प्राकृतिक सांस्कृतिक ऐतिहासिक सम्पदा-धरोहर छन, एउटा इतिहाँसले महान बिरासतको रुपमा हाम्रो ज़िम्मा लगाएक़ो छ, यस जिम्मेवारीलाई पौराणिक कथन, ऐतिहासिक तथ्यसंग जोडेर लैज़ाने प्रयास गर्नु जरूरी छ । हामीले विरासतलाई जोगाई भावी पुस्तालाई हस्तान्तरण गर्न सक्यौ भने समग्र महाशिला गाऊँपालिका भोलिका दिनमा विश्व सम्पदा सूचिमा समावेश हुनेनै छ, बिश्वास साथ लागौ भन्दै यस पटकलाई बिट मार्छु।  ईति    
cpnsharan@gmail.com

4-Jordan Springs, Sydney  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif