Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

क्वारेन्टाइन ब्यवस्थापनमा चरम लापरवाही भएको भन्दै बिरोध प्रदर्शन


२०७७ जेष्ठ २७ गते , मंगलवार प्रकाशित

क्वारेण्टाइनमा राखिएका नागरिकलाई उचित किसमले बस्ने खाने ब्यवस्था गर  !

  शहबाज खान। कपिलबस्तु  कपिलबस्तुको कृष्णनगर नगरपालिका भित्र क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुले क्वारेन्टाइन ब्यवस्थापनमा चरम लापरवाही भएको भन्दै शान्तिपूर्ण तरिकाले नगरपालिका घेराऊ गरे ।
    कृष्णनगर नगरपालिका भित्र रहेको क्वारेन्टाइनमा खाने, बस्ने अत्यावश्यक सुबिधा पनि न दिएको भन्दै क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु परीक्षण पछि क्वारेन्टाइन बाहिर आएर कृष्णनगर नगरपालिका घेराऊ गरेको जानकारी सत्ताधारी नेकपाका नगर अध्यक्ष जाबेद आलम खाले दिएका छन् । नगरपालिका घेराऊ गर्दै नेपाली नागरिकहरुले क्वारेन्टाइनमा खानाको लागि कुनै पनि ब्यवस्था न भएको हुदा घरबाटै खाना मंगाई खाने गरेको र सुत्नकोलागि ओछ्यान समेत घरबाटै मंगाएको गुनासो गरेका छन् ।   क्वारेन्टाइनबाट दिइएको सुबिधाको बारेमा सोद्धा एक जना क्वारेन्टाइनका ब्यक्तिले आफू बसेको २२ दिनमा सात पटक समोसा र चाउचाउ मात्र दिएको गुनासो गरेका छन् । केही क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुले क्वारेन्टाइनको खानाबाट धेरै जसो ब्यक्तिहरु झाडापखाला लागी बिरामी हुन थालेपछि क्वारेन्टाइनको खाना छोडी घरबाटै खाना मगाउन थालेको कुरा समेत भनेका छन् । एकजनाले क्वारेन्टाइनमा करिब १५१ जना पुरुषहरुबीच रहेको एकजना महिलालाई छुट्टै बस्ने ब्यवस्था मिलाउनको लागि पटक पटक वडाध्यक्षसंग भनिरहदा पनि केही वास्ता नगरेको गुनासो पोखेका छन् ।     क्वारेन्टाइनका एक जना ब्यक्तिले क्वारेन्टाइनमा केही सुबिधा नभएको गुनासो गर्दा वडाध्यक्षले गैर जिम्मेवारीपूर्ण तरीकाले,“म तिमीहरुलाई बोलाउन गएको थिए ? जे छ त्यसैमा काम चलाऊ ।” भनेर झर्कोफरको  गरेका छन् ।     नेपाल सरकारद्वारा जारी गरेको मापदण्ड अनुसार क्वारेन्टाइन  न भएको गुनासो स्थानीय समाजसेवी शाहिद खानले गरेका छन् । करिब ४ घण्टाको नगरपालिका घेराऊ पश्चात् कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह बिरोध स्थलमा पुगी क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले भोग्नुपरेको समस्या सुनेका थिए । क्वारेन्टाइनबासीहरुको समस्या सुनीसकेपछि मेयर शाहले नगरकार्यपालिका समितिको बैठक बसी क्वारेन्टाइनमा खान नपाएको व्यक्तिहरुकोलागि केही आर्थिक ब्यवस्था मिलाउने आश्वासन दिएका छन् ।  

  नेपाल सरकार द्वारा जारी गरिएको मापदण्ड अनुरुप क्वारेन्टाइन व्यवस्थापन नभएको, क्वारेन्टाइनमा भइरहेको लापरवाही र मनमानीको बारेमा बारम्बार सम्बन्धित निकायलाई अवगत गराइरहदा पनि केही सुनवाई नभएको, क्वारेन्टाइन ब्यवस्थापन र त्यसको खर्चमा पारदर्शिता नभएको, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुकोलागि खाने बस्ने ब्यवस्था र परीक्षणको लागि बिभेद गरिने कुराको बिरोध गर्दै क्वारेन्टाइनबाट घर फर्किसकेका ब्यक्तिहरु शान्तिपूर्ण तरीकाले नगरपालिकाको मेयरलाई घेराऊ गरेको जानकारी इण्डो नेपाल सामाजिक मञ्चका संस्थापन अकरम पठानले दिएका छन् ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif