Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

सामूहिक साकोसको सदस्यहरुको कोरोना विमा


२०७७ जेष्ठ २५ गते , आईतवार प्रकाशित

 सामूहिक साकोसको सदस्यहरुको कोरोना विमासामूहिक साकोस भक्तपुरले आफ्ना सदस्यहरुको कोरोना बीमा शुरु गरेको छ । कोरोना भाइरस  महामारीको सम्भावित आर्थिक क्षतिको जोखिमलाई कम गर्न संस्थाका शेयर सदस्यहरु र सदस्यका परिवार तथा कर्मचारीहरु समेत गरीे हाल सम्म ७७ जना भन्दा बढिको बीमा गरि सकेको सस्थाले जनाएको  छ ।


महामारी र लकडाउनको यस विषम परिस्थितिमा पनि ०७६ चैत्र २६ गते देखि संस्थाले निरन्तर बिहान ७ बजे देखि १ बजे सम्म सदस्यलाई सेवा दिई आइरहेकोमा उपत्यकामा पनि कोरोना संक्रमित भेटिन थालेकोले हाललाई बिहान ७ देखि १० बजे सम्म हप्ताको सातै दिन सेवा दिंदै आई रहेको जनाएको छ । यस अवधिमा संस्थाले बचत ऋण असुलीका साथै सदस्यको आवश्यक्ता अनुसार रु. १० लाख सम्मको ऋण लगानी गर्दै आइरहेको छ ।

  त्यसैगरि सामूहिक साकोस र  म.थि.न.पा वडा नं ६ मा अवस्थित समता साकोस वीच एकीकरण कार्यक्रम सम्पन्न भएको छ । एकीकरण पश्चात सामूहिक साकोसको नामबाटै एकीकृत संस्था संचालन हुने भएको  छ । गत वर्ष एक औपचारिक कार्यक्रम वीच सामूहिक साकोस, बुद्ध साकोस र समता साकोस वीच एकीकरणको घोषणा भएकोमा गत फागुन २९ गते बुद्ध साकोस संग एकिकरण भइसकेको छ भने  जेष्ठ २१ गते समता साकोससंग पनि एकिकरण सम्पन्न भइसकेको छ ।संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले सहकारी ऐन, नियमावली र हालै मात्र  सरकारबाट प्रस्तुत बजेटले पनि सहकारी एकीकरणलाई प्रथमिकतामा राखेकोले अन्य संस्थालाई पनि एकिकरणका लागि आह्वान गरिएको बताए ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif