Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

कोरना क्रहरमा जातीय कलंकको धब्बा !


२०७७ जेष्ठ २४ गते , शनिवार प्रकाशित

                                                               (फेरि बांके, बैजनाथ ८ गाउपालिका कोरोन्टाईन्मा भान्छा छोएकोमा बर्णको आधारमा निर्घात कुटपिटको भर्तसना गरौं ( उनकै नाउमा समर्पित सिर्जना)      
सीताराम थापा    भयावह कोरोनाको ठूलो आतंक फैलियो त्यो भन्दा नि अहंकार छुवाछुत सहियो, डाक्टर,नर्स,रगत छुन्छन् कोरोना भाकालाई, कुन जात भनी सोध्न हुन्न, उपचार गर्नेलाई मानबले नै सिर्जिएको जातपात र धर्म, यउटै रगत छुवाछुत भो मानबको कुकर्म यूगौदेखि प्यास मेटाउन जुठो हुन्न कत्ति श्रम र पसिनाको लागि जोतिरहने अति सिप उनकै सुन्दर थियो, साहुकारको श्रङ्गार बैजानिक यूगमा पनि किन भयो बिकार ? मर्नै लागे अस्पतालमा रगत उस्कै चल्छ, पानी पिउदा उस्तै किन, ज्यूदो मान्छे जल्छ मानव जाती यउटै भन्दै धर्तिभरी भन्छन यतिले  नि नपुगेर संबिधान नि फेर्छन आज पनि मानबको  कालो जातको लप्का पुछिएन निधारमा कालो सोचको धब्बा मानव मुक्ति भन्दै हिड्ने धेरै मानिस भए ब्याबहारमा नफेरिने रैति बनाई रहे  कैले होला बदलिने अक्षरका ती कुरा अक्षर माथि बुई चढेर हुन्न कहिल्य पुरा संविधान र कानुन तिम्ले सबै ढाल्न सक्छौ बुझेर नि बुझपचाई कालो किन पाल्छौ छुनै पनि नहुने रे कुकुर भन्दा तल मानव जातकै कलंकलाई सबै भर ढाल ! सबै मिलि फाल

   (२०७७/२/२३)                                               थापा सामाजिक अभियान्ता तथां बिश्लेषक पनि हुन      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif