Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

गण्डकीमा एकैदिन १६ थपिए, ५४ पुग्याे


२०७७ जेष्ठ २२ गते , विहीवार प्रकाशित


   सीताराम थापा


    गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित  थपिएका छन । यी सवै भारतबाट आएर क्वारेन्टाईनमा वसेका हुन् ।     बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, बडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समुहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।     स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १८ वर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २४ र २८ वर्ष उमेरका २ जना पुरुषमा समेत गरि पर्वतमा जम्मा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।      म्याग्दीको मंगला गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १९ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबै लाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।   एकै दिन १० नयाँ संक्रमित थपिएको बागलुङ गण्डकी प्रदेशकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको जिल्ला बनेको छ । यो सँगै बागलुङमा १८ जनालाई कोरोना पुष्टि भएको छ । तीमध्ये २ जना उपचारपछि निको भएर घर फर्केका थिय।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif